(Sunday , 15 March,2026)

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

mountainejournal.com

mountainejournal.com

धितोपत्र बजारमा सेयर  कारोबार मापक नेप्से परिसूचक  झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५  दशमलब ७१ अङ्कले उकालो लागेर २ हजार एक सय ७८ दशमलब ८१ मा पुगेको छ । बिहीबारको कारोबारमा ठूला कम्पनीको सेयर  कारोबार मापक सेन्सेटिभ परिसूचक एक दशमलब १५ अङ्कले उकालो लागेर चार सय १५ दशमलब शून्य पाँचमा पुगेको छ ।

कारोबार भएकामध्ये ८५ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १  सय ८  कम्पनीको  मूल्य घटेको छ भने कूल १४ कम्पनीको सेयर मूल्य स्थिर छ । बिहीबारको कारोबारमा विभिन्न कम्पनीका कूल ८२ लाख ४७ हजार छ सय ४६ कित्ता सेयर ३  अर्ब चार करोड ४५ लाख २९ हजार रुपैयाँ ३  सय २९ मूल्यमा कारोबार भएको छ ।

बिहीबारको कारोबारपछि बजार पुँजीकरण ३१ खर्ब ४५ अर्ब ६३ करोड ५२ लाख १२ हजार रुपैयाँ  २ सय ३३ पुगेको छ । कारोबार रकमका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । बैंकको रू १८ करोड ४  लाख ४४ हजार छ सय ५३ बराबरको सेयर  कारोबार भयो।   

यस्तै, रिडी पावर १२ करोड ३२ लाख २७ हजार रुपैयाँ ८  सय ६८, पिपल्स पावर रू १० करोड ४० लाख ५८ हजार  ५ सय दुई, अपि पावर कम्पनी  ९ करोड ४५ लाख ७५ हजार रुपैयाँ १  सय ५२ र नेपाल लाइफ इन्स्योरेन्सको ८  करोड ८२ लाख १२ हजार रुपैयाँ ७  सय बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार आर्दश लघुवित्तको सेयर  मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मैलुङ खोला जलविद्युत् कम्पनी नौ दशमलब ५४, नेपाल पूर्वाधार बैंक सात दशमलब २०, ग्रीन भेञ्चर्स छ दशमलब ७१ र श्वेतगङ्गा हाइड्रोपावरका लगानीकर्ताले छ दशमलब १० प्रतिशतले कमाएका छन् ।

त्यस्तै, कुमारी धनवृद्धि योजना आठ दशमलब ८९, लक्ष्मी लघुवित्त ५ दशमलब ४४, सिटिजन म्युचुअल फण्ड ३ दशमलब ८०, ग्लोबल आइएमई लघुवित्त तीन दशमलब ७७ र स्वाभिमान लघुवित्त कम्पनीको  सेयर  मूल्य ३  दशमलव ७२ प्रतिशतले घटेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal