(Sunday , 15 March,2026)

नेप्से परिसूचक घट्यो, कारोबार रकम पनि खुम्चियो

mountainejournal.com

mountainejournal.com

काठमाडौं । मङ्गलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ दशमलव ८७ अङ्कले घटेर १ हजार ९३३ दशमलव ८८ कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । 
मङ्गलबार २३८ वटा कम्पनीको २५ लाख ८१ हजार ४२५ कित्ता शेयर ९६ करोड ५२ लाख १० हजार ८९९ मा खरिद–बिक्री भएको छ ।  
यस साताको कारोबारमा सुरुका २ दिन आइतबार र सोमबार दैनिक डेढ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । मङ्गलबारको कारोबारमा ७८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । 
आज ३ वटा समूहका बाहेक सबै समूहका उपसूचक घटेका छन् । जीवन बीमा समूह ० दशमलव ६७, लघुवित्त समूह १२ दशमलव ४० र अन्य समूह ८ दशमलव २८ अङ्कले बढेका छन् । बाँकी सबै समूहको उपसूचक घटेको छ ।
सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक ३५ दशमलव ०३ र निर्जीवन बीमा समूहको उपसूचक २७ दशमलव ०५ अङ्कले घटेको छ ।
त्यस्तै, बैंकिङ समूह ५ दशमलव ३१, विकास बैंक समूह २३ दशमलव ८६, वित्त समूह १ दशमलव २२, होटल समूह ३ दशमलव १३ र जलविद्युत् समूह ८ दशमलव ७७ अङ्कले घटेको छ । व्यापार समूह ६ दशमलव ९८ अङ्कले घट्दा म्युचुअल फन्ड ० दशमलव १० र लगानी समूह ० दशमलव ५२ अङ्कले घटेको छ ।
आजको कारोबारमा सबैभन्दा धेरै धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ८ दशमलव १७ प्रतिशतले बढेको छ भने एनएमबि बैंकको शेयर मूल्य प्रतिकित्ता ६ दशमलव ०७ प्रतिशतले घटेको छ । 
कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट ८ करोड १२ लाख ३४ हजार रुपैयाँ बराबरको १ लाख ३९ हजार ५०३ कित्ता शेयर किनबेच भएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal