(Sunday , 08 September,2024)

आन्तरिक ऋण १ खर्ब १२ अर्ब

mountainejournal.com

mountainejournal.com

सरकारले चालू आर्थिक वर्ष २०७९/८० को नौ महिनामा एक खर्ब १२ अर्ब २० करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । यो वर्ष सरकारले आन्तरिक ऋण २ खर्ब ५६ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा नौ महिनामा उक्त ऋण लिएको हो । अर्थ मन्त्रालयका अनुसार चालू आवको नौ महिनासम्ममा कुल सार्वजनिक ऋण २० खर्ब ६० अर्ब ऋण पुगेको छ ।

जसमा बाह्य ऋण १० खर्ब ६७ अर्ब ८६ करोड रुपैयाँ र आन्तरिक ऋण १० खर्ब २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । चालू आवमा सरकारले राजस्व संकलन लक्ष्य अनुसार उठाउन नसक्दा आन्तरिक खर्च धान्न समेत सकस छ । पछिल्लो पटक यही सोमबार २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन सुरु गरिएको छ ।

सरकारले २८ दिने ट्रेजरी बिलमार्फत ५ अर्ब रुपैयाँ, ९१ दिनेमार्फत ५ अर्ब, १८२ दिने मार्फत ६ अर्ब र ३६४ दिनेमार्फत ४ अर्ब रुपैयाँ उठाउने छ । २८ दिने अवधिको ५ अर्ब र ९१ दिने अवधिको ३ अर्ब ६० करोड रुपैंयाँ नवीकरण गर्दैछ । उक्त ऋण उठाउन राष्ट्र बैंकले आइतबार सूचना जारी गरेको थियो ।

राज्यको खर्च तथा आम्दानीको लेखाजोखा गर्ने महालेखा नियन्त्रक कार्यालयको ११ वैशाखसम्मको तथ्यांकअनुसार राजस्व संकलन ४९.८६ प्रतिशत भएको छ । चालू आवमा सरकारले राजस्व १४ खर्ब ३ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ । चालू आवको १० महिनाको दोस्रो साता सकिदै गर्दा लक्ष्यको ६ खर्ब ९९ अर्ब रुपैयाँ मात्र संकलन भएको छ ।

महालेखाको तथ्यांकअनुसार राजस्व संकलन भन्दा चालू खर्च बढी भएको छ । राजस्व संकलन भन्दा चालू खर्च धेरै हुँदा सरकारलाई चालू खर्च व्यवस्थापनमा चाप परेको छ । चालू खर्च भन्दा राजस्व संकलन १ खर्ब ९२ अर्ब रुपैंयाँ कम भएको छ । चालू आवमा सरकारले चालू खर्च गर्ने लक्ष्य ११ खर्च ८३ अर्व रुपैयाँ लिएको छ । उक्त लक्ष्यमा ७ खर्ब १८ अर्ब रुपैयाँ चालू खर्च गरेको छ ।

गतवर्ष सोही अवधिमा सरकारले ८ खर्ब १० अर्ब रुपैयाँ राजस्वको संकलन गरेको थियो भने लक्ष्य ११ खर्ब ८० अर्ब रुपैयाँ लिएको थियो । त्यसैगरी सरकारले गैर कर राजस्व लक्ष्यमा ६३.९४ प्रतिशत संकलन गरेको छ । चालू आवमा सरकारले गैर कर राजस्व संकलन लक्ष्य १ खर्ब ७ अर्ब रुपैयाँ लिएकोमा चालू आवको १० महिनाको दोस्रो साता सकिदै गर्दा ६८ अर्ब ९० करोड रुपैयाँ मात्र संकलन गरेको छ ।

काठमाडौं । गतवर्ष सोही अवधिमा ६३ अर्ब १३ करोड रुपैयाँ गैर कर राजस्व संकलन गरेको थियो भने लक्ष्य १ अर्ब १२ अर्ब रुपैयाँ दिएको थियो । कार्यालयको तथ्यांकअनुसार गैर कर राजस्व संकलन गतवर्षको तुलनामा झिनो अंकमा बढी संकलन गरेको छ । यस्तै, अनुदान ४ अर्ब ८० करोड रुपैयाँ संकलन गरेको छ । सरकारले चालू आवमा ५५ अर्ब ४५ करोड रुपैयाँ अनुदान लिन लक्ष्य लिएको छ ।

महालेखाको ११ वैशाखको तथ्यांकअनुसार यो लक्ष्यको ८.६६ प्रतिशत मात्र हो । गतवर्ष सोही अवधिमा १३ अर्ब ८८ करोड रुपैयाँ संकलन गरेको थियो । लक्ष्य भने ५९ अर्ब ९१ करोड रुपैयाँ लिएको थियो । गतवर्ष तुलनामा यो वर्ष सरकारले १४.५१ प्रतिशत कम अनुदान संकलन गरेको छ ।

यसैगरी सरकारले पुँजीगत खर्चतर्फ चालू आवको १० महिनाको दोस्रो साता पुग्न २ दिन मात्र बाँकी हुँदा लक्ष्यको ३० प्रतिशत मात्र खर्च गर्न सकेको छ । पुँजीगत खर्च गर्न लक्ष्य चालू आवमा सरकारले ३ खर्ब ८० अर्ब लिएको छ भने खर्च जम्ममा १ खर्ब १४ अर्ब रुपैयाँ मात्र गरेको छ । गतवर्ष सरकारले सोही अवधिमा लक्ष्यको २८.५६ प्रतिशत खर्च गरेको थियो । लक्ष्य ३ खर्ब ७८ अर्ब लिएको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal