काठमाडौं । आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव २६ अङ्कले उकालो लागेर २ हजार ४६ दशमलव २९ मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७२ अङ्घले उकालो लागेर ३ सय ९४ दशमलव शून्य २ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये २ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ११ उपसमूहको भने शेयर मूल्यमा वृद्धि भएको छ ।
नेप्सेका अनुसार कारोबार भएका कूल कम्पनीमध्ये १ सय २१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै, ८७ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा ४ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन । कूल १ करोड ८ लाख ८० हजार ९ सय ४ कित्ता शेयर ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५ सय १० रुपैयाँ खरिद बिक्री भए ।
साताको पहिलो दिनको कारोबारपछि बजार पुँजीकरण २९ खर्ब ५९ अर्ब ४१ करोड ७५ लाख ४३ हजार २ सय ३२ रुपैयाँ बराबर रहेको छ । कारोबारका आधारमा नवील बैंक शीर्ष स्थानमा छ । सो बैंकको २२ करोड ५७ लाख ४८ हजार ९ सय ७९ रुपैयाँ बराबरको कारोबार भयो ।
नेपाल दूरसञ्चार कम्पनी १९ करोड ८८ लाख १ हजार ३ सय २१ रुपैयाँ, हिमालयन डिस्टिलरी १५ करोड ८० लाख ३१ हजार ४ सय ५७ रुपैयाँ, एनआइसी एशिया बैंक १० करोड ३ लाख ८३ हजार ३ सय ८७ रुपैयाँ नेपाल लाइफ इन्स्योरेन्स, ९ करोड २९ लाख ४८ हजार ७ सय २५ रुपैयाँ बराबरको कारोबार भई शीर्ष ५ भित्र परेको छ ।
नेप्सेका अनुसार सिर्जनशील लघुवित्त, खप्तड लघुवित्त, धौलागिरि लघुवित्तको शेयर मूल्यमा १० प्रतिशत बराबरको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्तै, अजोड इन्स्योरेन्स ९ दशमलव ९८ र प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतले कमाएका छन् ।
यस्तै, सिद्धार्थ इक्विटी फण्ड पाँच दशमलव ५७, नेपाल बैंकको ऋणपत्र तीन दशमलब ९२, एनआरएन इन्फ्रास्टकचर एण्ड डेभलपमेन्ट लिमिटेड तीन दशमलब ८४, मिथिला लघुवित्त तीन दशमलव ६९ र रिभर फल्स पावरका लगानीकर्ताले तीन दशमलव ६५ प्रतिशतले गुमाएका छन्
प्रतिक्रिया