काठमाडौं । साता पहिलो दिन नेप्से परिसूचक उच्च अङ्कको ओरालो लागेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ९७ अङ्कले घटेर १ हजार ८८५ दशमलव ३१ अङ्कमा कायम भएको हो । आइतबार २५३ कम्पनीको ३५ लाख १२ हजार ८३४ कित्ता शेयर २४ हजार ६४४ पटक खरिद बिक्री हुँदा १ अर्ब १० करोड ३४ लाख ४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
२५ कम्पनीको शेयर मूल्य बढेको छ भने १८० कम्पनीको मूल्य घटेको छ ।
आइतबार सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको उपसूचक ९८ दशमलव ४० अङ्कले र उत्पादन समूहको उपसूचक ८२ अङकले घटेको छ । नेप्सेका अनुसार बैंकिङ समूह ३० दशमलव ८०, विकास बैंक समूह ४७ दशमलव ९१, वित्त समूह २० दशमलव ९९ र होटल तथा पर्यटन समूह २७ दशमलव ६१ अङ्कले घटेको छ ।
त्यस्तै, जलविद्युत् समूह २६ दशमलव ६१, लगानी समूह शून्य दशमलव ६९, जीवन बीमा समूह ७८ दशमलव ४४, लघुवित्त समूह ५५ दशमलव ३४, म्युचुलअ फन्ड समूह शून्य दशमलव १३ र अन्य समूह २१ दशमलव ०८ अङ्कले घटेको छ ।
कारोबारमा सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै समता लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९ दशमलव ९९ र मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको मूल्य ९ दशमलव ५० अङ्कले बढेको छ ।
त्यस्तै, नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको रु १० करोड ९३ लाख ६७ हजार नौ सय २६ बराबरको २ लाख ३ हजार ६२० कित्ता शेयर खरिद बिक्री भएको छ ।
प्रतिक्रिया