(Wednesday , 06 May,2026)

संविधान संशोधन कार्यदलद्वारा पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल हुँदै

mountainejournal.com

mountainejournal.com

काठमाडौं- संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले बुधबार पूर्वमहान्याधिवक्ताहरुसँग छलफल गर्दैछ ।

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वमहान्यायाधीवक्ताहरुसँग संविधान संशोधनका विषयमा बुधबार दिउँसो ३ देखि ५ बजेसम्म उक्त परामर्श गर्न लागिएको हो ।

कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले छलफलका क्रममा सहभागीहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव संकलन गरिने जानकारी दिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal