(Tuesday , 26 May,2026)

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, निगमद्वारा इन्धन बचत गर्न विशेष अपील

mountainejournal.com

mountainejournal.com

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको अत्यधिक वृद्धिसँगै नेपाल आयल निगमले मूल्य समायोजन गरेको छ । स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन नसक्दा निगमको वित्तीय अवस्था अत्यन्तै कमजोर बनेपछि मूल्य वृद्धि गर्नुपर्ने बाध्यता सिर्जना भएको निगमले जनाएको छ । 

मूल्य वृद्धि र घाटाको अवस्था पछिल्लो समायोजन अनुसार निगमले पेट्रोलमा प्रति लिटर रु. १७, डिजेल र मट्टितेलमा प्रति लिटर रु. २५, एल.पी. ग्यासमा प्रति सिलिन्डर रु. २०० र हवाई इन्धन (आन्तरिक तर्फ) प्रति लिटर रु. १६ ले वृद्धि गरेको छ । यति ठूलो मात्रामा मूल्य वृद्धि गर्दा पनि निगमलाई पाक्षिक रूपमा अझै ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने देखिएको छ ।   यसअघि चैत २४ को निर्णय अनुसार सरकारले भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिँदा पनि निगमलाई दैनिक ६८ करोड रुपैयाँ घाटा भइरहेको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको ’स्पट प्राइस’ (क्उयत एचष्अभ) अनुसार निगमको दैनिक घाटा ९३ करोड रुपैयाँसम्म पुग्ने प्रक्षेपण गरिएको थियो । 

भुक्तानीको चुनौती निगमले इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने दायित्वमा ठूलो चाप परेको छ  । गत अप्रिल ८ मा २६ अर्ब ८६ करोड रुपैयाँ भुक्तानी गरिएको भए तापनि आगामी अप्रिल २३ मा पुनः १६ अर्ब ३७ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने अवस्था छ ।  आपूर्ति श्रृङ्खलालाई नियमित राख्न निगमले आफ्ना कोषहरू र सरकारबाट प्राप्त कर छुटको रकम उपयोग गरिरहेको छ । इन्धन बचतका लागि विशेष आग्रह नेपाल पेट्रोलियम पदार्थमा पूर्णतः परनिर्भर रहेको र आफ्नै उत्पादन वा प्रशोधन सुविधा नभएकाले हालको संकट टार्न ’इन्धन खपत घटाउनु’ नै एकमात्र विकल्प रहेको निगमको ठहर छ । निगमले नागरिकहरूलाई इन्धन प्रयोगमा मितव्ययिता अपनाउन आह्वान गर्दै केही रोचक तथ्याङ्कहरू प्रस्तुत गरेको छ । 

निगमले गरेको अपिलमा यदि एक जना बाइक चालकले प्रतिदिन १ लिटर मात्र पेट्रोल बचत गरेमा राज्यको दैनिक २२ करोड रुपैयाँ जोगिन्छ । गाडी चालकले १ लिटर डिजेल÷पेट्रोल बचत गरेमा दैनिक ४ करोड रुपैयाँ बचत हुन्छ । यसरी दैनिक कुल २६ करोड रुपैयाँ र १५ दिनमा करिब ३ अर्ब ९० करोड रुपैयाँ बचत गर्न सकिन्छ  ।

छिमेकी मुलुकहरू बंगलादेश, पाकिस्तान र श्रीलंकामा पनि इन्धन संकटका कारण कोटा प्रणाली, जोर–बिजोर संचालन र अनलाइन कक्षा जस्ता कठोर कदमहरू चालिएको भन्दै निगमले नेपालको स्थिति अन्यको तुलनामा अझै राम्रो रहेको बताएको छ ।  विषम परिस्थितिको सामना गर्न सम्पूर्ण उपभोक्ता र सरोकारवालाहरूबाट पूर्ण सहयोगको अपेक्षा गर्दै निगमले इन्धनको प्रयोगमा सावधानी अपनाउन हार्दिक अनुरोध गरेको छ  । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal