(Thursday , 16 April,2026)

हिमपातका कारण विभिन्न स्थानमा जनजीवन प्रभावित

mountainejournal.com

mountainejournal.com

काठमाडौं । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । काठमाडौं उपत्यकासहित देशभर बुधबार बिहानदेखि बाक्लो कुहिरो र बादल लागेका कारण दैनिक जनजीवन प्रभावित बनेको छ ।

हिमपातपछि सेताम्मे देखिएकाे बैतडीकाे सिगास गाउँपालिका-९ बाटुले टोल आसपासको क्षेत्र । जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको छ । पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले मौसम धुमिल बनेपछि सडक यातायात, हवाई उडान र स्थानीय बासिन्दाको दैनिकीमा ठूलो असर परेको हो । 

काठमाडौंमा बिहानैदेखि दृश्यता निकै कम भएको छ । कुहिरोका कारण सडकमा हिँडडुल गर्न कठिनाइ भएको । यसले दुर्घटनाको जोखिम बढाएको छ । धेरै बिहानको समयमा घरबाट बाहिर निस्कनै हिच्किचाएका छन् । हवाई यात्रुहरू सबैभन्दा बढी मारमा परेका छन् । हिमपातपछि सेताम्मे देखिएकाे बैतडीकाे सिगास गाउँपालिका-९ बाटुले टोल आसपासको क्षेत्र ।

जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुहिरोका कारण अधिकांश उडान ढिलो भएका छन् भने केही उडान रद्ध समेत भएका छन् । आन्तरिक उडानहरू पनि प्रभावित भएका छन् । यात्रुहरू विमानस्थलमा लामो समय प्रतिक्षा गर्न बाध्य भएका छन् । पहाडी तथा हिमाली जिल्लाहरूमा वर्षा र हिमपातले स्थानीय बासिन्दाको जनजीवन थप कष्टकर बनेको छ ।

मुस्ताङको कागबेनी-मुक्तिनाथ सडकमा हिउँ पन्छ्याउँदै सशस्त्र प्रहरी बलको टोली । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा मध्यम वर्षा भइरहेको छ भने उच्च क्षेत्रमा हिमपातले सडक अवरुद्ध हुने, दाउरा तथा घाँस काट्न जानेहरू प्रभावित भएका छन् । कोशी र मधेश प्रदेशका केही स्थानमा हल्का वर्षाले पनि दैनिक कामकाजमा बाधा पुर्‍याएको छ । मौसम पूर्वानुमानकाअनुसार यो प्रभाव केही दिन कायम रहने देखिएको छ । यात्रा गर्नेहरू, हवाई उडानमा निर्भर व्यक्तिहरू तथा पहाडी क्षेत्रका बासिन्दालाई शतर्क रहन आग्रह गरिएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal