(Friday , 17 April,2026)

लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो

mountainejournal.com

mountainejournal.com

काठमाडौँ  ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सकिएको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ सकिएको हो । 

बटुवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । तर, उच्च अदालत बुटवलले धरौटीमा छोड्ने आदेश उल्टाउँदै पुर्पक्षमा पठाएपछि लामिछानेले यसविरुद्ध पनि सर्वोच्चमा निवेदन दिएका थिए । पतिलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै लामिछानेकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन् । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal