(Thursday , 16 April,2026)

सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम पूर्वाधार विकासमा लगानी गर्नुपर्छः निजी क्षेत्र

संवाददाता

संवाददाता

काठमाडौँ ।  निजी क्षेत्रले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम मुलुकको पूर्वाधार निर्माणमा लगानी गर्नुपर्ने बताएको छ । बुधबार काठमाडौंमा भएको अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना आवद्धता शुभारम्भ कार्यक्रममा बोल्दै निजी क्षेत्रले सामाजिक सुरक्षा कोषमा श्रमिकहरुले योगदान गरेको रकम बैंकमा राखेर ब्याज लिने भन्दा पनि विकासका पूर्वाधारहरुमा लगानी गर्नुपर्ने बताएकाे हाे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम बैंकमा राखेर ब्याज लिने मात्रै नभएर मुलुकको पूर्वाधार विकास लगानी गर्न आवश्यक रहेको बताए । उनले सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई एकै बास्केट राखेर सबैभन्दा ठूलो कोष बनाउन आवश्यक रहेको पनि बताए ।

अध्यक्ष मल्लले सामाजिक सुरक्षा कोषमा सबै निजी क्षेत्र समावेश हुनुपर्ने धारणा राखे । उनले सामाजिक सुरक्षा कोषमा सबै निजी क्षेत्र समावेश गराउन विषयमा नेपाल चेम्बर अफ कमर्स तयार रहेको उल्लेख गरे । उनले अनौपचारिक क्षेत्र र स्वरोजगार श्रमिकलाई समेट्ने भएपछि अब उद्योगी व्यवसायीहरुले पनि समावेश हुने मौका पाउनुपर्ने माग राखे ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले पनि कोषमा जम्मा भएको रकमलाई सही रुपमा सदुपयोग गर्न आवश्यक रहेको बताए । उनले मुलुकको पूर्वाधार विकास निर्माण र गौरवका आयोजनाहरुमा लगानी गरेर कोषको उद्देश्य अनुसार श्रमिकको सुरक्षा दिन सक्नुपर्ने बताए ।

उनले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदा श्रमिकको सुरक्षा र क्षमता विकासमा टेवा पुग्ने उल्लेख गरे । उनले कोषमा अनौपचारिक क्षेत्रका श्रमिकहरु थपिदा चुनौतिहरु थपिँदै जाने भन्दै चुनौती समाधानको लागि कोषले आवश्यक पूर्वाधार तयार पार्नु र्ने बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा आर्थिक रुपमा सक्रिय जनसंख्याको ६७ प्रतिशत बढी अनौपचारिक क्षेत्रमा रहेको बताए । उनले रोजगारीमा बदलिँदो ढाँचाका कारण अनौपचारिक अर्थतन्त्र तीव्र गतिमा विकास भइरहेको बताए । उनले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई समेत सुरक्षा कोषमा समावेश गर्नु महत्वपूर्ण रहेको बताए । उनले कर्मचारी र नागरिक लगानी कोषले दिने सेवा सुविधाहरु सामाजिक सुरक्षा कोषले दिनुपर्ने बताए ।

त्यस्तै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले सामाजिक सुरक्षा कोषमा आवद्ध नगर्ने र सूचिकृत गरी योगदानको रकम कट्टा गरी आफ्नै कार्यालयमा राख्ने जस्ताका लागि दण्डनिय बनाउन माग गरे । उनले योगदान रकम नदिने कुनै कम्पनी र फर्मको दर्ता नविकरण र कर चुक्ता जस्ता विषयमा कडाई गर्नेतर्फ निर्मम बन्न आवश्यक रहेको बताए ।

उनले श्रमिकको मासिक तलबको ११ प्रतिशत र राज्यबाट मासिक ९.३ प्रतिशत योगदान गर्ने रकम राज्यको कुन अंगबाट कसरी योगदान गर्ने स्पष्ट गरिनपर्ने बताए । उनले श्रमिकहरु ११ प्रतिशत योगदान गर्न तयार रहेको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सरकारी कार्यालयमा अनौपचारिक रुपमा काम गर्ने श्रमिकलाई कहिले समावेश गराउनुहुन्छ ? प्रश्न गरे । उनले प्रधानमन्त्रीले श्रमिकका मागका विषमा बोल्न मात्रै नभएर व्यवहारमा लागू गर्नु माग गरे ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal