(Sunday , 15 March,2026)

नयाँ सरकार गठनसँगै नेप्से परिसूचक उकालो

mountainejournal.com

mountainejournal.com

काठमाडौं । नयाँ सरकार गठन भएपछि सोमबारबाट उकालो लागेको पुँजीबजारले पनि निरन्तरता पाएको छ । मङ्गलबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से ० परिसूचक ५९ दशमलव ८७ अङ्कले बढेर १ हजार ९ सय ८३ दशमलव ९५ अङ्कमा कायम भएको हो ।


मङ्गलबार २६१ वटा कम्पनीको १ करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर ६३ हजार ६७ पटक खरिद–बिक्री हुँदा  ३ अर्ब ८८ करोड ४३ लाख ९७ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।


कारोबारमा २०२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने जम्मा ८ वटा कम्पनीको मूल्य मात्रै घटेको छ । सबै समूहका उपसूचकहरू हरियो देखिएका छन् । 

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ३७२ दशमलव २१ अङ्कले बढेको छ । त्यस्तै, निर्जीवन बीमा समूहको उपसूचक २८३ दशमलव ४२, होटल तथा पर्यटन समूहको उपसूचक ११७ दशमलव ०१, विकास बैंक समूहको उपसूचक १०० दशमलव ३९ र जलविद्युत् समूहको उपसूचक ९५ दशमलव ३५ अङ्कले बढेको छ ।

 बैंकिङ समूहको उपसूचक ३५ दशमलव ०७, वित्त समूहको उपसूचक ६७ दशमलव ७३, लगानी समूहको उपसूचक ३ दशमलव ६८, उत्पादन समूहको उपसूचक ७२ दशमलव ३७, लघुवित्त समूहको उपसूचक ५५ दशमलव ५६ र अन्य समूहको उपसूचक ३७ दशमलव ०२ अङ्कले बढेको छ ।

कारोबारमा सिद्धार्थ इन्स्योरेन्स लिमिटेड, मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेड, अजोड इन्स्योरेन्स लिमिटेड, सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिका पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यसैगरी कारोबार लक्ष्मी बैंक लिमिटेडको सबैभन्दा धेरै  २० करोड ९४ लाख ९० हजार रुपैयाँ  ५०९  बराबरको १० लाख ७० हजार रुपैयाँ ५९९ कित्ता शेयर खरिद–बिक्री भएको छ । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal