(Sunday , 15 March,2026)

नयाँ सरकार आउँदा साथ शेयर बजार उकालोबाटमा

mountainejournal.com

mountainejournal.com

  काठमाडौं । नयाँ सरकार गठनको प्रक्रियासँगै  शेयर बजारमा पनि सकारात्मक फर्त उकालो तर्फ लागेको छ । आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ५६ दशमलव ८८ अङ्कले उकालो लागेको हो ।      
     
 यस्तै १ हजार ९२४ दशमलव शून्य नौ विन्दुमा पुगेको छ । यो दिनको कारोबारमा ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ८ दशमलव ३८ अङ्कले उकालो लागेर  ३७५ दशमलव ४५ मा पुगेको छ ।     
     
 नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट आएको छ । यस्तै १२ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । 

कारोबार भएका कम्पनीमध्ये २०३ उपसमूहको शेयर मूल्यमा बृद्धि भएको छ भने चार उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा एउटा उपसमूहको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।     
     
 सोमबार कुल ५६ लाख ५३ हजार ५३ कित्ता शेयर २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१  रुपैयाँ मा खरिद बिक्री भएका छन् । सोमबारको कारोबारपछि बजार पुँजीकरण  २७ खर्ब ८२ अर्ब २७ करोड १ लाख ४१ हजार १३७ पुगेको छ ।     
     
 नेप्सेका अनुसार कारोबार रकमका आधारमा दुरसञ्चार प्राधिकरण शीर्ष स्थानमा छ । सो कम्पनीको  २० करोड ८८ लाख ७ हजार २४४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।  । त्यस्तै, हमिालयन डिस्टिलरी ११ करोड ११ लाख ४७ हजार रुपैयाँ ७७, नवील बैंक ९ करोड ११ लाख २१ हजार १५० रुपैयाँ , रिडी हाइड्रोपावर  ७ करोड २६ लाख १७ हजार ४०७ , एनआइसी एशिया बैंक ६ करोड ८७ लाख २३ हजार ५०९ रुपैयाँ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भए ।     
     
सोमबार नेप्सेका अनुसार ४ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । जसमा गुर्खाज फाइनान्स, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, सिर्जनशील लघुवित्त छन् ।
 रिलायन्स फाइनान्सको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत बढेको छ ।     
     
 यस्तै नेपाल दूरसञ्चार कम्पनीको शेयर मूल्य ५ दशमलव ५६, सिवासी नेपाल लघुवित्तको शेयर मूल्य ४ दशमलव ६७, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो २ दशमलव १३, सिद्धार्थ बैंकको ऋणपत्र दुई र कुमारी बैंकको ऋणपत्रका लगानीकर्ताले १ दशमलव ९९ प्रतिशतले गुमाएका छन् ।     

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal