काठमाडौं । धितोपत्र कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्जका अनुसारको बजार १६ दशमलव ६१ अङ्कले घटेर १ हजार ९१७ दशमलव २८ कायम भएको छ ।
२४६ वटा कम्पनीको ८० लाख ९२ हजार ७१९ कित्ता शेयर १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५० मा कारोबार भएको छ ।
कारोबारमा ३७ कम्पनीका शेयर मूल्य बढेका छन् भने १५९ कम्पनीका शेयर मूल्य घटेका छन् । कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक मात्रै बढेको छ भने अन्य सबै समूहका उपसूचक घटेका छन् । होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ३४ अङ्कले बढेको छ भने बैंकिङ समूह १७ दशमलव ४२, विकास बैंक समूह ३० दशमलव ८०, वित्त समूह १९ दशमलव ९९,जलविद्युत् समूह १२ दशमलव ३४ अङ्कले घटेको छ ।
त्यस्तै, व्यापार समूह शून्य दशमलव १७, जीवन बीमा समूह ८३ दशमलव ६४, उत्पादन समूहको उपसूचक ५५ दशमलव ४९, लघुवित्त समूह नौ दशमलव ८७, म्युचुअल फन्ड शून्य दशमलव ०३, निर्जीवन बीमा समूहको उपसूचक ३६ दशमलव ६०, अन्य समूह १० दशमलव ०६ तथा लगानी समूह १८ दशमलव २७ अङ्कले घटेको छ । यस्तै, सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता छ दशमलव ०९ प्रतिशतले बढेको छ भने नाडेप लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य प्रतिकित्ता ९ दशमलव ९९ प्रतिशतले घटेको छ ।
बुधबार कारोबारका आधारमा सबैभन्दा धेरै सानिमा बैंकको संस्थापक शेयर ६७ करोड २ लाख ९३ हजार रुपैयाँ बराबरको ५१ लाख कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया