काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज संसदमा सम्बोधन गर्ने भएका छन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उनले सम्बोधन गर्ने तयारी भइरहेको संघीय संसद सचिवालय स्रोतले जनाएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो मानवीय र भौतिक क्षति भएको छ ।
यसबारे प्रधानमन्त्री बालेनले राष्ट्रका नाममा सम्बोधन गरेका छैनन् । उनले सामाजिक सञ्जालमार्फत मात्रै सरकारले गरेका खोज, उद्धार तथा राहतका बारेमा भइरहेका प्रगतिबारे जानकारी गराइरहेका छन् ।
यसबीचमा संसद बैठक समेत बसेको थिएन । आज बस्ने संसद बैठकमा उनले बाढीपहिरोमा भएको क्षति र खोज, उद्धार तथा राहतका लागि सरकारले गरेका कामबारे संसदलाई जानकारी गराउनेछन् । यसअघि प्रधानमन्त्री बालेनले गत जेठ १७ मा संसदमा सम्बोधन गरेका थिए ।
प्रतिक्रिया