(Friday , 29 May,2026)

प्रतिनिधि सभाको नयाँ हल बैठकका लागि तयार

mountainejournal.com

mountainejournal.com

काठमाडाेँ  । सहरी  विकास मन्त्रालयले प्रतिनिधि सभाको नयाँ हल बैठक बस्न मिल्ने गरी तयार भएको दाबी गरेको छ। 

मन्त्रालयले सरसफाइ गरी बैठक सञ्चालन गर्न मिल्ने गरी हल तयार पारेको हो। सहरी विकास मन्त्रालयले अहिले बैठक सञ्चालन भइरहेको बहुउद्देश्यीय हलमा भएका सबै सुविधा नयाँ हलमा गरिएको जनाएको छ । 

हलमा फर्निचरको काम सम्पन्न भएको छ। दुई वटा ठूला डिस्प्ले राखिएको छ। सभामुखको आसन र रोस्ट्रममा माइक जडान गरिएको छ। स्पिकरहरु जडान गरिएको छ। नयाँ हलमा बैठक सञ्चालन गर्न सहरी विकास मन्त्रालयले आग्रह गरेको छ। आग्रह पश्चात सभामुख र संसद सचिवायलयका पदाधिकारहरुले आज बिहानै हलको भ्रमण गरेका थिए। 

तर हलमा खार लाग्ने अवस्था रहेको, बैठकको तयारीका लागि कार्यव्यवस्था लगायतका बैठक कक्ष तयार नभएको र सांसदहरुको सिटमा माइक जडान नभएको उल्लेख गर्दै सचिवालयले हलमा बजेट प्रस्तुत गर्न नसकिने जनाएको छ। त्यस्तै सुरक्षाको अवस्था, पावर ब्याकअपको सुनिश्चितता, प्रवेश र बाहिरने ठाउँको काम नसकिएको र प्राविधिक कारणले बैठक बस्न नसक्ने अवस्था रहेको सचिवालयले जनाएको छ। 

नयाँ हलमा सिट र डेस्कबीचको दुरी धेरै भएको भन्दै सभामुख डोलप्रसाद अर्यालले यसअघि नै सच्याउन सुझाव दिएका छन्। त्यस्तै माथिल्लो ग्यालरी बैठक कक्षका सिटबाट बैठक अवलोकन गर्न नमिल्ने अवस्था छ।  आजको बजेट पुरानै हलमा आउने भएको छ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal