(Sunday , 31 May,2026)

सार्वजनिक हुन लागेको कांग्रेस घोषणापत्रमा

mountainejournal.com

mountainejournal.com

काठमाडौँ ।  नेपाली कांग्रेसले आज आगामी फागुन २१ गते हुने निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै छ। 

धनुषाको जनकपुरमा हुने ठूलो साभाबीच पार्टी सभापति गगन थापाले घोषणापत्र सार्वजनिक गर्ने छन्। प्रतिज्ञापत्र नाम दिएको घोषणापत्रमा जेनजी विद्रोहलाई आत्मसाथ गरिएको छ। 

घोषणापत्र लेखनमा सहभागी कांग्रेस नेताहरूका अनुसार राज्यका संवैधानिक निकाय राजनीतिक प्रभावबाट पूर्णरुपमा मुक्त गरिने, भ्रष्ट्राचार नियन्त्रण, वित्तीय अनुशासन र सुशासनका लागि प्रभाकारी कानुन निर्माण गरेर कार्यान्वयन गर्ने लगायतका विषय समेटिएको छ।

त्यस्तै मन्त्रिपरिषद्का निर्णयलाई पनि अख्तियारको छानबिनको दायाराभित्र ल्याउनेगरि भ्रष्ट्राचार निवारण ऐन र अख्तियार ऐन संशोधन गर्ने पनि उल्लेख गरिएको छ। 

मन्त्री, सांसद र उच्च पदस्थ राजनीतिक व्यक्तिहरुले शपथ लिनुपूर्व आफ्नो सम्पति अनिवार्य सार्वजनिक घोषणा गर्ने, २०६३ पछि सार्वजनिक पदमा रहेका वा नरहेका हरेक व्यक्तिको सम्पति छानबिन गर्न उच्चस्तरीय सम्पति छानबिन आयोग गठन गर्ने विषय राखिएको छ।

त्यस्तो आयोगलाई पूर्वन्यायाधीश, सेनाका पूर्व अधिकारीलगायतका सम्पूर्ण व्यक्तिको सम्पति छानबिनको समेत अधिकार प्रदान गर्ने उल्लेख गरिएको छ।

संविधान संशोधनका लागि सबै राजनीतिक पार्टी र सरोकारवालाहरुसंग राष्ट्रिय संवाद गर्ने, निर्वाचन प्रणालीमा संशोधन गर्ने र आरक्षित निर्वाचन क्षेत्र प्रणाली अपनाउने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ।  

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal