काठमाडौँ । सुकुमवासी परिवार व्यवस्थापन योजनाअन्तरगत दिउँसो १ बजेसम्म जम्मा २२ परिवार मात्रै सरकारको सम्पर्कमा आएका छन् ।
सरकारले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नाम दर्ता प्रक्रिया जारी राखेको छ । थापाथलीस्थित सुकुमवासी बस्तीबाट ९ परिवार र गुह्येश्वरी फाँटबाट १३ परिवारले दर्ता गराएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी खगेन्द्रबहादुर विष्टले जानकारी दिए ।
थापाथलीका सुकुमवासीलाई कीर्तिपुर राधाश्वामी सत्संगमा व्यवस्थापान गर्ने सरकारको तयारी छ । राजधानीका नदी किनारमा रहेका अनधिकृत बस्ती हटाउने अभियानसँगै विस्थापित सुकुमवासीको व्यवस्थापनका लागि विभिन्न उपाय अघि सारिएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अनुसार सार्वजनिक पर्ती जग्गा फिर्ता गर्ने र ‘सक्कली’ तथा ‘नक्कली’ सुकुमवासी छुट्याउने मुख्य उद्देश्यका साथ थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रमा अभियान सञ्चालन गरिएको हो ।
आज बिहानैदेखि ती बस्ती खाली गराउन गराउन थालिएको छ ।
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थान
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थान
बागमती सभ्यता लगायतका निकायले गरेको अध्ययनअनुसार ती बस्तीमा बसोबास गर्ने धेरै व्यक्तिको अन्यत्र घरजग्गा रहेको पुष्टि भइसकेको सरकारको भनाइ छ।
यसै आधारमा सरकारले अन्यत्र सम्पत्ति भएका तर सुकुमवासीका नाममा सार्वजनिक जग्गा ओगटेका ‘नक्कली’ पात्रलाई कुनै विकल्प नदिने र उनीहरूको विवरण सार्वजनिक गर्ने तयारी सरकारले गरेको बताएको छ। आगामी प्रक्रियामा प्रत्येक व्यक्तिको विवरण डिजिटल प्रणालीमा राखेर विस्तृत प्रोफाइल तयार पारिनेछ।
सरकारले वास्तविक भूमिहीन सुकुमवासीका लागि भने पाँच स्थानमा पुनर्स्थापनाको व्यवस्था गर्ने जनाएको छ। नागार्जुनको इचङ्गुमा ४२ वटा आवास युनिट तयार गरिएको छ भने कीर्तिपुरस्थित सत्सङ्ग भवन, भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्र, खरीपाटी र चाँदबागका सरकारी भवन र खाली जग्गालाई विकल्पका रूपमा अघि सारिएको छ।
प्रतिक्रिया