(Thursday , 05 March,2026)

पेट्रोलियम पदार्थमा स्वचालित प्रणाली

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थमा  स्वचालित मूल्य प्रणाली  लागु गरेको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० बमोजिम आइतबार राती १२ बजेबाट लागू गरेको हो । 

नेपाल आयल निगमको सञ्चालक समितिको आइतबारको बैंठकको निर्णयले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरिएको निगमका सञ्चालक अध्यक्ष तथा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव मुधकुमार मरासिनाले जानकारी दिए । 

 निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोक्ने सचिव मरासिनाले बताए । खाना पकाउने एलपी ग्याँसको मूल्यमा भने निगमले नाफा नराख्ने गरी विक्री गर्ने समितिको निर्णय भएको उनले जानकारी दिए । सचिव मरासिनीले स्वचालित मूल्य प्रणली लागू भएपछि परल मूल्य बढ्दा बिक्री मूल्य पनि स्वतह बढ्ने बताए । 

यसअघि निगमले २०७१ सालमा पेट्रोलिय पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरेको थियो । सो समयमा निगमले परल मूल्यमा ५ देखि १५ प्रतिशत नाफा हुने गरी स्वचालित मूल्य प्रणाली लागु गरेको थियो । सो समयमा निगम ३६ अर्ब ऋणमा थियो । केही समयसम्म उक्त प्रणाली कार्यान्वयन आएपनि परल मूल्यको ५ देखि १५ प्रतिशत नाफा  हुँदा विरोध भएपछि निगमले कार्यान्वयन गर्न नसकेको निगमका कार्यकारी निर्देशक  उमेश थानीले जानकारी दिए । 

हला आम नागरिकको हितमा हुने गरी निगमले परल मूल्यको २ प्रतिशत मात्र नाफा हुने गरी स्वचालित मूल्य प्रणाली लागू गरेको उनले बताए । 
पछिल्लो त्यसपछि क्रमिक रूपमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै जाँदा निगमले आप्mनो दायित्व कम गरी स्वचालित मूल्य लागू गरेको उनले बताए ।

उनले धितोमा राखेर नेपाल सरकारसँग ऋण लिएर इन्डियन आयल कर्पोरेसन (आइओसी)सँग तेल खरिद गरे बापत २३ अर्ब रुपैयाँ बक्यौता चुक्ता गरी सकेको जानकारी दिए ।  यसैगरी नेपाल सरकारको ७ अर्ब रुपैयाँमा तीन अर्ब रुपैयाँ मात्र बाँकी रहेको उनले बताए । निगमलाई केही दायित्व अझै बाँकी हुँदा पनि आम उपभोक्ताको राहतका लागि निगमले स्वचालित मूल्य प्रणालीमा लागू गरेको उनको भनाइ छ ।

 निगमले स्वचालित मूल्य प्रणाली लागू गरी प्रतिलिटर पेट्रोलमा ६ र डिजेलमा ४ रुपैयाँ घटाउँदा छिमेकी मुलुक भारतको बोर्ड भन्दा नेपालमा पेट्रोलमा १३ रुपैयाँ १७ पैसा र डिजेलमा १४ रुपैयाँ १७ पैसा सस्तो भएको उनले जानकारी दिए ।  निर्देशक थानीकाअनुसार स्वचालित मूल्य लागू पछि निगमलाई पेट्रोलमा ३ रुपैयाँ ६३ पैसा र जिडेलमा २ रुपैयाँ ६९ पैसा नाफा छ । हाल निगमलाई १५ दिनमा करिब ५० करोड रुपैयाँ नाफा छ । 


काठमाडौं उपत्यकासहितका क्षेत्रमा पेट्रोल लिटरको १६४ रुपैयाँ पर्नेछ । तराईका जिल्लाहरुमा १६१ रुपैयाँ ५० पैसा र भित्री मधेशमा १६३ रुपैयाँ पर्नेछ । डिजेल र मटीतेल उपत्यकामा लिटरको १४६ रुपैयाँ, तराईका जिल्लाहरुमा १४३ रुपैयाँ ५० पैसा र भित्री मधेसमा १४५ रुपैयाँ पर्नेछ । एलपी ग्याँसको प्रतिसिलिण्डर मूल्य १ हजार ८०० रुपैयाँबाट घटेर १ हजार ७९० रुपैयाँ कायम भएको छ । 


हवाई इन्धनको मूल्य भने स्वचालित हुने छैन । सीमा मूल्यको अन्तर हेर्दा भारतको रक्सौलमा भन्दा वीरगञ्जमा पेट्रोल प्रतिलिटर १३.२७ रूपैयाँ सस्तो पर्ने छ । मटीतेल र डिजेलमा प्रतिलिटर ९.९४ पैसा सस्तो पर्ने छ । हवाई इन्धन अन्तर्गत आन्तरिक तर्फ २३ रुपैयाँ ८१ सस्तो पर्ने छ भने बाह्य इन्धनमा भने केही महँगो पर्ने निगमले जनाएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal