(Monday , 30 March,2026)

कार्की आयोगको प्रतिवेदन जलाउँदै सडकमा एमाले कार्यकर्ताको विरोध

mountainejournal.com

mountainejournal.com

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताहरुले सडकमा प्रदर्शन सुरु गरेका छन् । जेनजी आन्दोलनको जाँझबुझ गर्न बनेको आयोगको प्रतिवेदनको प्रति जलाउँदै उनीहरुले विरोध प्रदर्शन गरेका छन् ।

एमाले केन्द्रीय कार्यालय च्यासल नजिक एमाले कार्यकर्ताले टायर र कार्की आयोगको प्रतिवेदनको प्रति बालेर प्रदर्शन गरेका हुन् । उक्त स्थानमा प्रहरीको उपस्थिति भने न्यून छ । 

एमाले कार्यकर्ताले पत्रकारलाई धम्कीपूर्ण भाषा समेत प्रयोग गरेका छन् । पत्रकारलाई उनीहरुको भनेका छन्, ‘देश जल्दा कहाँ थियौ ? अहिले किन खिच्या ? ब्याक हौ ।’

जेनजी आन्दोलनको जाँझबुझ गर्न सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वमा जाँझबुझ आयोग बनाएको थियो । चुनावपछि गठन भएको बालेन नेतृत्वको वर्तमान सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय हिजो गरेको थियो । सरकार गठन भएको पहिलो दिन नै प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय लिए लगत्तै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउको प्रक्रिया सुरु गरिएको थियो ।  अनलाइन साभार

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal