(Monday , 30 March,2026)

१४ हजार ६ सय बढ्यो सुनको मूल्य

mountainejournal.com

mountainejournal.com

काठमाडौं । एक सातायता अघिल्लो दिनसम्म घटेको सुनको भाउ बुधबार बढेको छ । आज एकैदिन सुनको भाउ तोलामा १४ हजार ६ सय रुपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ फेरि उकालो लागेसँगै नेपाली बजारमा पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७३ हजार ९ सय रुपैयाँमा झरेको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal