(Thursday , 16 April,2026)

ह्वात्तै घट्यो सुनको भाउ

mountainejournal.com

mountainejournal.com

काठमाडाैँ । नेपाली बजारमा दिनहुँ नयाँ रेकर्ड राखेको सुनचाँदीको भाउ शुक्रबार ह्वात्तै घटेको छ । हिजो बिहीबार २० हजार पाँच सय रुपैयाँले बढेर तीन लाख ३९ हजार तीन सय रुपैयाँ कायम भएको सुनको भाउ आज शुक्रबार २० हजार पाँच सय रुपैयाँले नै घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज शुक्रबार सुनको भाउ तोलामा तीन लाख १८ हजार आठ सय रुपैयाँ कायम छ ।

बुधबार पनि सुनको भाउ तोलामा नौ हजार पाँच सय रुपैयाँले बढेर तीन लाख १८ हजार आठ सय रुपैयाँ कायम भएको थियो । आज १० ग्राम सुनको मूल्य तोलामा दुई लाख ७३ हजार २२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबारको तुलनामा चाँदीको भाउ आज तोलामा ४४० रुपैयाँ घटेर सात हजार ६५ रुपैयाँ कायम छ ।
बुधबार चाँदीको भाउ तोलामा सात हजार ५०५ रुपैयाँ कायम थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal