(Thursday , 16 July,2026)

साढे १४ अर्ब लागतको पाइपलाइन विस्तार कार्य तीन वर्षमा सम्पन्न गरिने

mountainejournal.com

mountainejournal.com

चितवन । दोस्रो चरणको पेट्रोलियम पाइपलाइन अमलेखगन्जदेखि चितवनको लोथरसम्मको विस्तार कार्य सुरु भएको छ । बाराको अमलेखगञ्जस्थित मधेश प्रादेशिक कार्यालयसम्म विछ्याइएको पेट्रोलियम पाइपलाइनलाई लोथरसम्म विस्तार गर्ने कार्य सुरुवात गरेको हो । पाइपलाइन विस्तार कार्य र भण्डारण गहृ निर्माण गर्न १४ अर्ब नौ करोड ६० लाख रुपैयाँ लागतमा अनुमान गरेको छ ।

उक्त लगातमा भण्डारण गृह सहित राप्ती नगरपालिका–१ लोथरस्थित करिब २३ बिघा १२ कठ्ठा जग्गामा नेपाल आयल निगमले साउन १६ मा लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरी पेट्रोलियम पाइपलाइन विस्तार कार्य अघि बढाएको हो ।

 पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा मिति २०८० साल जेठ १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूसँग अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन र लोथरमा भण्डारण गृहसहितको आधुनिक सुविधा सम्पन्न डिपो निर्माण गर्ने विषयक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । उक्त समझदारीमा दुवै देशका सरकारीस्तरका पेट्रोलियम कम्पनीले आपसी सम्झौता गरी निर्माण कार्य प्रारम्भ गर्ने उल्लेख गरिएको थियो । 

सोही समझदारी अनुसार मिति २०८१ साल असोज १७ गते इण्डियन आयल कर्पोरेसन र नेपाल आयल निगमबीच ’विदुवी’ सम्झौता सम्पन्न भएको थियो । सो सम्झौतामा निर्माण कार्य सुरु भएको ५४ महिनामा परियोजनाको काम सकिने उल्लेख छ । तर, उक्त समय सिमा भन्दा अघि तीन वर्ष भित्रमा निर्माण कार्य सम्पन्न गर्ने परियोजना प्रमुख प्रदिप कुमार यादवले जानकारी दिए ।

यस भन्दा अघि पहिलो चरणको पाइपलाइन निर्माण गर्दा पनि समय सिमा भन्दा अघि नै सम्पन्न भएको अनुभाव भएको हृँदा यो दोस्रो चरणको पाइपलाइन विस्तार कार्य तीन वर्ष भित्र सम्पन्न हुने उनको भनाइ छ । पाइपलाइन विस्तार परियोजनाको काम शुक्रबारबाट भयो अब तीब्रगतीमा अघि बढ्ने उनले जानकारी दिए ।

परियोजना प्रमुख यादवका अनुसार सम्झौता अनुसार नै इण्डियन आयल कर्पोरेसनले तत्कालै परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन ( डिपिआर) तयार डिपिआर निर्माण कार्य सम्पन्न भएको छ । यहाँ अत्याधुनिक सुविधासहितको ग्रीन फिल्ड टर्मिनल निर्माण गरिनेछ । आइओसीको मोतिहारी डिपोमा रहेको पम्प हाउसबाटै लोथरसम्म पाइपलाइनका लािग पेट्रोलियम पदार्थ पम्पिङ गर्ने व्यवस्था गरिनेछ । अमलेखगन्जदेखि लोथरसम्मको दूरी ६२ किलोमिटरको दूरीमा १०.७५ इन्चको पाइपलाइन विछ्याइनेछ ।

प्रमुख यादवले पाइपलाइन परियोजनाबाट पेट्रोलिमय पदार्थ ढुवानी गर्दा वातावरणीय प्रभाव न्यून हुने, पेट्रोलिमय पदार्थको चोरी तथा मिसावट कम हुने बताए । निगमले स्थानीयसँग समन्वय गरेर काम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै परियोजनाका तर्फबाट स्थानीयलाई रोजगारी लगायत लगायत सुविधा हुने उनले जानकारी दिए । राप्ती नगरपालिका–१ का वडाध्यक्ष सिद्धलाल स्याङ्तानले चितवनकै गौरवको परियोजना यस क्षेत्रमा कार्यान्वयनमा आउँदा स्थानीय खुसी भएको बताए । यस परियोजनाले यहाँका स्थानीय तहले रोजगारी अवसर समेत पाउने उनले बताए । 

निगमका सहायक प्रबन्धक अनुपम पराजुलीका अनुसार पाइपलाइनबाट २७३ किलोलिटर प्रतिघण्टाको गतिमा तेल आपूर्ति गर्न सकिनेछ । पूर्वपश्चिम राजमार्गको समानान्तर पाइपलाइन निर्माण गरिनेछ । ६२ किलोमिटर लामो पाइपलाइनमा जुनसुकै बेला नियमित रूपले ३२ सय किलोलिटर इन्धन भण्डारण भइरहेको हुनेछ ।

पाइपलाइनबाट वार्षिक २० मिलियन टन इन्धन ढुवानी गर्न सकिने सहायक प्रबन्धक पराजुलीले जानकारी दिए । लोथरमा एक सय ६० वर्गमिटरको क्षेत्रफलमा पाइपलाइन स्टेशन निर्माण हुनेछ । त्यसस्थानमा पेट्रोल भण्डारणका लागि ११ हजार किलोलिटर क्षमताका तीन वटा भर्टिकल ट्यांकी निर्माण हुनेछ । 
यस्तै डिजेल भण्डारणका लागि १५ हजार ५ सय किलोलिटर क्षमताका तीन वटा र मट्टितेल भण्डारणका लागि आठ सय किलोलिटर क्षमताका दुई वटा टयांकी निर्माण गरिनेछ । यसैगरी हवाई इन्धनका लागि तीन हजार छ सय किलोलिटर क्षमताका तीन वटा ट्यांकी निर्माण गरिने निगमले जनाएको छ । लोथरमा बन्ने नयाँ डिपोमा ९१ हजार ९ सय किलोलिट पेट्रोलियम पदार्थ भण्डारण हुनेछ । यसबाहेक दुई वटा ट्रान्समिक्स ट्यांकी निर्माण गरिनेछ । पाइपलाइनसहित भण्डारण गृह निर्माण लागत १४ अर्ब नौ करोड ६० लाख लाग्ने अनुमान गरिएको छ ।

पहिलो चरणको पेट्रोलियम पाइपलाइन परियोजना भारतको मोतिहारीदेखि बाराको खमलेखगन्जसम्मको ६९ किलोमिटर लामो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण गरी २०७६ सालदेखि सञ्चालनमा ल्याएको छ । सुरुवाती चरणमा डिजेल र मट्टितेल पाइपलाइनमार्फत आयात गरिएकोमा पछिल्लो पेट्रोलियम पदार्थ ल्याइएको छ । यो परियोजना निर्माण भएपछि नेपालका पश्चिमी र उत्तरी क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्तिमा सहज हुनुका साथै ठुलो रकम ढुवानी खर्च समेत बचत भएको छ । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal