(Saturday , 14 June,2025)

पाँच महिनामा भित्रिए पाँचै लाख पर्यटक

mountainejournal.com

mountainejournal.com

काठमाडौं । सन् २०२५ को मे महिनामासम्ममा ५ लाख १ हजार २६४ पर्यटक नेपाल आाएका छन् । मे महिनामामा भित्रिएको पर्यटक आगमनको संख्याले ८६ हजार २१६ रहेकाे छ । अध्यागमन विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार मे महिनामा मात्रै ८६ हजार पर्यटक आउँदा वेदेशबाट नेपाल आउने नेपालीसहितकाे संख्या भने १ लाख ९४ हजार रहेकाे छ । मे मा १ लाख ८ हजार नेपाली विभिन्न देशबाट नेपाल आएका छन् । 

यस अघि सन् २०२५ कै अप्रिलमा एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका थिए । उक्त संख्या पनि अप्रिल महिनासँगकै तुलनामा उच्च संख्या थियो । पछिल्लो तथ्यांकका अनुसार नेपालको पर्यटनमा मे महिनासम्मको तथ्यांकले औसतमा मासिक एक लाख पर्यटक आएका छन् ।

अध्यागमन विभागका अनुसार मे महिनामा १ लाख २८ हजार ९२६ पुरुष नेपाल भित्रदा ६५ हजार ७७१ महिला आएका छन् । मे महिनामा नेपालबाट २ लाख ५० हजार ७३६ जना विभिन्न देशमा गएको पनि तथ्यांकले देखाएको छ । 

सन् २०२५ मा नेपाल आएका पर्यटकमा मार्चमा १ लाख २१ हजार ६८७, फेब्रुअरीमा ९६ हजार ८८० र जनावरीमा ७९ हजार ९९१ जना पर्यटक नेपाल आएको पनि तथ्यांकले देखाएको छ ।

अध्यागमन विभागकै तथ्यांक अनुसार सन् २०१९ मा नेपालमा सबैभन्दा बढी पर्यटक आउँदा समेत उक्त वर्षको मे मा ७८ हजार ३२९ मात्रै पर्यटक आएका थिए । उक्त वर्ष ११ लाख ९७ हजार पर्यटक नेपाल आउँदा सबैभन्दा बढी अक्टोबरमा १ लाख ३४ हजार पर्यटक आएका थिए । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal