(Friday , 17 April,2026)

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आगामी जनवरीदेखि सञ्चालन गर्ने तयारी

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अनुगमन गरेका छन् । आइतबार मन्त्रालयका सचिवसहितका उच्चस्तरीय अधिकारीसँगै मन्त्री दाहालले निर्मार्णाधिन सुरुङमार्गको अनुगमन तथा निरीक्षण गरेका हुन् ।

सो अवसरका सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग नेपालको गोरवको विषय भएको बताए । उनले लामो समयको प्रतिक्षापछि सञ्चालनमा आउने तयारीमा रहेको सुरुङमार्गको सब–अपरेशनको काम अगामी कात्तिक ७ गतेदेखि सुरु गरिने उल्लेख गरे । मन्त्री दाहालले अगामी वर्ष सन् २०२६ को जनवरी १ देखि सुरुङमार्गलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिए । नेपालको सुरुङ युगको सुरुवात नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गबाट गरिने मन्त्री दाहालको दाबी छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal