काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना अन्तर्गत आउने अनुदान रकम ९० दिनलाई रोकिएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार नेपालमा अमेरिकी सहायताका परियोजना र कार्यक्रम ९० दिनका लागि रोकिएकामा एमसिसीले भने निरन्तरता पाउने जनाइएको थियो।
तर एमसिसीले गत फागुन २ गते इ–मेलमार्फत् उक्त परियोजनामा दिइने अनुदान रकम पनि ९० दिनका लागि रोकिएको जनाएको अर्थ मन्त्रालयले बताएको छ। ‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशनले मिति २०८१–११–२ गतेको इमेल पत्रमार्फत् नेपाल सरकार र उक्त निकायबीच सम्वत्
२०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरूसँग सम्बन्धित एमसिसी फन्डबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको छ,’ अर्थ मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया