(Monday , 21 April,2025)

आइटेल ब्राण्डको पी५५ स्मार्टफोन बजारमा

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । मोबाइल व्यवसायमा चर्चित ब्राण्ड आइटेलले आफ्नो स्मार्टफोनको नयाँ मोडल नेपाली बजारमा ल्याएको छ । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो स्थापना दिवसका अवसर पारेर आइटेलले स्मार्टफोनको नयाँ मोडल पी५५ को बिहीबारबाट नेपाली बजारमा विक्री सुरु गरेको हो संचार तथा सुचना प्रविधी मन्त्रालयका सचिव रामकृष्ण सुवेदिले बिहिबार आयोजित कार्यक्रममा सो मोडलका स्मार्ट फोन लन्च गरेका हुन् ।

सुवेदीले सो स्मार्ट फोन लन्च गर्दै सरकारले आगामी दशकलाई आइटी दसकका रुपमा मनाउने घोषणा गरेकाले मोबाइलको बढ्दो प्रयोगले आइटी दशकलाई प्रभावकारी बनाउने बताए । समाज डिजिटल युगमा प्रवेश गरेको र मोबाइल बिना मानिस एक्लो हुने अवस्था सृजना आएको हुँदा सरकारको फोकस अहिले मोबाइल नेटवर्कका लागि हाइ वेझ कभरेजमा केन्द्रित रहेको उनले जानकारी दिए । कम्पनी अनुसार नयाँ लन्च भएको मोडल पी ५५ मोडलका दुई भेरियन्ट बजारमा उपलब्ध हुनेछन् । 

जसमा चार जीबी र्याम प्लस १ सय २८ जीवी रोम (चार प्लस आठ) र अर्को आठ जीवी र्याम प्लस १ सय २८ जीवी रोम (आठ प्लस सोह्र) क्षमता रहनेछ । उक्त फोनहरु ब्रिलियन्ट गोल्ड र अरोरा ब्लु कलरमा उपलब्ध हुनेछन् । जसको खुद्रा मूल्य क्रमश १२ हजार ४ सय ९० र १४ हजार नौ सय ९० तोकिएको छ । आइटेलका अनुसार ती स्मार्टफोनमा ५० मेगापिक्सलको क्यामेरा, ६ दशमलश ६ इन्चको एचडी प्लस डट डिस्प्ले, पाँच हजार एमएएच क्षमताको व्याट्री तथा १८ वाट को फास्ट चार्जिङ क्षमता रहेको छ । 


ग्राहकको उचित मुल्यमा गुणस्तरीय स्मार्टफोनको लक्ष्य पुरा गर्नका लागि आइटेलले सो मोडललाई नेपाली बजारमा ल्याएको महालक्ष्मी मोबाइलका कार्यकारी अधिकृत सन्तोष भण्डारीले जानकारी दिए । उनले ग्राहकको सुविधालाई ध्यानमा राख्दै आइटेलले यी मोडलमा एक वर्षको वारेन्टी तथा एक सय दिनको रिप्लेसमेन्ट ग्यारेन्टी उपलब्ध गराइने बताए । सो सुविधा देशभरका ५० सर्भिस सेन्टरबाट लिन सकिने उनको भनाइ छ । सो आइटेल ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता महालक्ष्मी मोबाइल कम्पनी रहने छ ।

व्यवसायीलाई १० प्रतिशत मार्जिन 

आइटेलले मोबाइल ब्यवसायमा आबद्ध खुद्रा ब्यवसायीलाई आइटेलका कुनै पनि ब्राण्डमा १० प्रतिशत मार्जिन दिने गरि सम्झौता गरेको छ । नेपाल मोबाइल ब्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई र आइटेलका लागि नेपालको बिक्रेता महालक्ष्मी मोबाइलका कार्यकारी अधिकृत संतोष भण्डारीले मार्जिन सम्बन्धि लिखित रुपमा नै दुई पक्षिय सम्झौता गरेका हुन । भण्डारीले अब देखि आइटेलका कुनै पनि मोडलका सेटमा ब्यवसायीलाई १० प्रतिशत मार्जिन उपलब्ध गराउने बताए । व्यवसायीको मार्जिन बढ्दा त्यसबाट ग्राहकलाई भार नपार्ने मोबाइल व्यवसायी महासंघका अध्यक्ष भट्टराईले प्रष्ट पारेका छन् । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal