काठमाडौँ । धार्मिक पर्यटन प्रवर्द्धन गर्न काठमाडौँ श्रीमद्भागवत महायज्ञ हुने भएको छ । साहित्यक सर्वद्धन केन्द्र नेपालको आयोजनामा ५ गतेदेखि १३ गतेसम्म श्रीमद्भागवत ज्ञान–विज्ञान महायज्ञ हुने लागेको हो । साहित्य, संस्कृति तथा पर्यटनका लागि वेङ्कटेस मन्दिर बत्तीसपुतली गौशालामा हुनेछ ।
केन्द्र नेपालको आयोजनामा संकल्प धार्मिक पर्यटनको निर्माणका लागि सहयोगार्थ श्रीमद्भागवत ज्ञान–विज्ञान महायज्ञ आयोजना गर्न लागिएको केन्द्र नेपालका उपाध्यक्ष विश्वदिप अधिकारीले जानकारी दिए । श्रीमद्भागवत महायज्ञ आयोजनाको मुख्य उद्देश्य १ लाख पुस्तक राख्न मिल्ने पुस्तकालय भवन र पर्यटन प्रर्वद्धन गर्ने संरचना निर्माण रहेको उनले बताए ।
अधिकारीका अनुसार भवन निर्माणका लागि आर्थिक स्रोत नहुँदा आर्थिक स्रोत जुटाउन उक्त कार्यक्रम आयोजना गरेको हो । १ लाख पुस्तक राख्ने मिल्ने पुस्ताकालय, विभिन्न धार्मिक ग्रन्थहरुको इतिहास हेर्न मिल्ने संरालय समेत निर्माण गरिनेछ । महायज्ञ कार्यक्रम आयोजनाबाट करिब ६ करोड रुपैयाँ संकलन हुने अनुमान छ । उक्त रकम संकलन गरी भवन निर्माणका लागि जग्गा खरिद गर्ने केन्द्रका उपाध्यक्ष अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार केन्द्रले संरचना निर्माण गरी मुनाफारहित, जनहितकारी राष्ट्रियस्तरको साहित्य पवद्र्धन गर्ने, विभिन्न भाषामा लेखिने कविता, आख्यान, नाटक, निबन्ध तथा तिन माथि हुने समालोचना जस्ता कला साहित्यको प्रवद्र्धन गर्न रहेको छ । साहित्यकार, कलाकार, इतिहासकार, संस्कृतिविद जस्ता बौद्धिक व्यक्तित्वहरूको अनुसन्धान कक्ष तथा सङ्ग्रहालय नहुँदा युवालाई साहित्य लेखन तथा पठनप्रति आकर्षित सक्नेछ । सो उद्देश्य प्राप्तिको लागि केन्द्रले साहित्य–संस्कृति संवद्र्धन भवनका साथै अनुसन्धान कक्ष, सम्पदा भवन आदिको भौतिक संरचना निर्माण गर्ने भावी योजना छ ।
प्रतिक्रिया