काठमाडौँ । कोदोको प्रयोग बढाउनेसँगै उत्पादनमा पनि जोड दिनु पर्नै सरोकारवालाले बताएका छन् । ‘कोदोको बाहार ः दिगो, पौष्टिक र स्वादिष्ट आहार’ नाराका साथ साउन १५ तेस्रो कोदो दिवस कार्यक्रममा बोल्दै सरोकारवालाले खाद्यको उत्पादन बढाउन जोड दिएका हुन्
काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ मा कोदो रोपेर र यसको महत्वबारे छलफल गरेर दिवस मनाइएको छ । राष्ट्रिय कृषक समूह महासंघ नेपाल, अनाज नेपाल, मण्डन देउपुर नगरपालिका, खाद्य तथा कृषि संगठन (एफएबो), केएर नेपाल र मिलन महिला कृषक समूहको संयुक्त आयोजनामा भएको हो ।
राष्ट्रिय समावेशी आयोगका सदस्य विष्णेमाया ओझाले कोदोको उत्पादन बढाउनु पर्नेमा जोडि दिइन् । वार्षिक ७३ करोड मूल्यको कोदो आयात गर्नुपर्ने अवस्था भएकोमा उनले अब मुलुक निर्यातमा अब्बल बनाउनु पर्नेमा जोड दिइन् ।
सदस्य ओझाले भनिन्,‘कोदोलाई व्यवसायीकरण गर्न आवश्यक छ । यसलाई आकर्षणको क्षेत्र बनाउन सकिन्छ । मुलुक कृषिमा आत्मनिर्भर बनाउनुदै जानु पर्छ । विदेशिएका युवालाई पनि स्वदेशमै बस्ने वातावरण बनाउनु पर्ने सुझाव दिइन् ।
कार्यक्रममा कृषि विभागका महानिर्देशक डा. हरिबहादूर केसीले रैथाने बालीलाई सरकारले प्रवद्र्धन गर्न चालू आर्थिक वर्षको बजेटमा समेत प्रथामिकतामा राखेको बताए । लोप हुँदै गएको रैथाने बालीको संरक्षण गर्ने विभागले सबै कृषकलाई प्रोत्साहित गर्ने प्रतिबद्धता महानिर्देशक केसीले जनाए । उनले कोदोको उत्पादकत्व बढाउन सबैबाट प्रयास हुनुपर्ने बताए ।
यसैगरी कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र प्रमुख डा. रामकृष्ण श्रेष्ठ सरकारले कोदोजन्य बाली उत्पादनमा प्रोत्साहन गर्न १ सय ३३ वटा पालिकासँग मिलेर अनुदानसहित कार्यक्रम गरेकोमा अब यस वर्ष १ सय ६७ गाउँपालिकामा बाली प्रवद्र्धन गर्न लागेको जानकारी दिए ।
सो बालीको उत्पादन, ब्राण्डिङ, बजारीकरण र रैथाने बाली संरक्षण लगाउतका कम्पोनेन्ट पूरा गर्न यसो गरिएको बताए । यसै क्रममा उनले अब सरकारीस्तरबाट सकभर साउन १५ लाई कोदो दिवस भनेर वार्षिक क्यालेण्डरमा राख्न यस वर्ष प्रक्रिया अघि बढाइने र टुङ्गो लागेमा आगामी वर्षदेखि तालिकामा समेटीने विश्वास व्यक्त गरे ।

महासंघका अध्यक्ष नवराज बस्नेतले कोदो बाली साना, सिमान्त कृषकहरूको जीविकाको आधार भएकाले, सरकारी लगानी र प्राथमिकतासहित प्रतिस्पर्धात्मक क्षमता बढाउन जरुरी भएको औंल्याए ।
यस्तै, खाद्यका लागि कृषि अभियानका अध्यक्ष तथा महासंघका संरक्षक उद्धव अधिकारी कोदो खेती छाड्दै जाने प्रवृत्ति बढिरहँदा यसको महत्वलाई बुझेर फेरि उत्पादनमा जोड दिन थालेकाले यसलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
नगरपालिकाका प्रतिनिधिहरूले कोदो रोप्ने प्रवृत्तिलाई बर्सेनि बढाउँदै जाने हो भने आयात नै गर्न नपर्ने र आन्तरिक खपत आफ्नै उत्पादनले धान्न सकिने बताए । अबका सन्ततिलाई पनि कोदो उत्पादन र उपभोगमा पनि बानी पार्न आवश्यक रहेकोमा सरोकारवालाहरूले ध्यानाकर्षण गराएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभाले सन २०२३ लाई सिमान्तबाली (कोदो) अन्तर्राष्ट्रिय वर्षका रुपमा मनाउने घोषणा गरेसँगै नेपाल सरकारले पनि सिमान्तबाली (कोदो) वर्षको रूपमा मनाइरहेको छ । ‘खाद्य पोषण, सुरक्षा र वातावरण तथा ग्रामिण रुपान्तरणका लागि कोदोजन्य बाली’ नाराका साथ २०२३ लाई कोदोजन्य बाली वर्ष मनाइरहेको हो ।
नेपाल पनि कोदो उत्पादनमा विश्वकै १३ औं स्थानमा पर्दछ । खाद्य तथा कृषि संगठनको सन् २०२०को तथ्यांकअनुसार नेपालमा ३ लाख २० हजार ९ सय ५३ मेट्रिक टन कोदो उत्पादन भएको छ । यति उत्पादन हुँदा पनि पछिल्लो समय कोदोको माग बढ्दै गएकाले आयात पनि चुलिएको छ ।
गत वर्ष आव २०७६÷७७ मा ७ करोड १५ लाख २७ हजार रुपैयाँ बराबरको कोदो आयात भएको थियो। तर आव २०७७÷७८ मा ७ करोड २२ लाख रुपैयाँ र २०७९÷८० मा ७३ करोड २० लाख बराबरको कोदो आयात भएको छ।
प्रतिक्रिया