(Thursday , 07 May,2026)

प्रतिनिधि सभा सदस्यसँग कृषिका चुनौतीमा छलफल

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । प्रतिनिधि सभा सदस्यसँग कृषिको सम्भावना र चुनौतीका विषयमा छलफल भएको छ । खाद्यका लागि कृषि अभियानको आयोजनामा संघिय संसद अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिमा सांसदहरु बीच छलफल भएको हो ।  

कार्यक्रममा खाद्यका लागि कृषि अभियानका अभियान्ता कृष्ण प्रसाद पौडेलले नेपाली कृषिका प्रमुख सवालहरु विषयमा आप्mनो प्रस्तुती दिएका थिए । उनले प्रस्तुतीमा कृषि विकासको ढाँचा, नीति र संस्थागत वातावरण, किसानको पहिचान र पहुँच, भूउपयोग र बाँझो जमिन व्यवस्थापन,आयात र निर्यात प्रवद्र्धनको सवाल र यीनको संम्बोधन गर्नुपर्ने प्रस्ताव गरेका थिए । कार्यक्रममा सहभागी पत्रकार, अभियन्ता र किसान प्रतिनिधिहरुले कृषि तथा खाद्य सम्बन्धी नीति, कृषि उत्पादका स्रोतहरुको समसामयीक समस्या बारेमा छलफल भएको थियो । 

कार्यक्रममा उपस्तित सांसदहरुले कृषि नेपालको उन्नतीको क्षेत्र भएको र यसका समस्याहरु सबैका साझा समस्या भएको बताएका छन् । उनीहरुले  कृषि, सहकारी र वन क्षेत्रमा सरोकार राख्ने नीति निर्माणको लागि, कृषि क्षेत्रमा मौलाएका विकृतिहरुको खवरदारीको लागि र समग्र देशको आर्थिक अवस्थाको पुर्ननिमार्णको लागि आफुहरु लागिरहेका बताए  ।  


कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको संयोजक अम्बर बहादुर थापाले आफु अभियानका अन्य कार्यक्रममा सहकार्य गर्न तयार रहेको बताए । यसैगरी खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले विग्रदो कृषि उत्पादनको ढाँचा, किसानको अवस्था सुधारको लागि गोलबद्ध हुन सम्पूर्ण सांसदलाई आग्रह गरे । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal