(Sunday , 31 May,2026)

एमालेको प्राथमिकतामा सत्ता छैन : पोखरेल

संवाददाता

संवाददाता

     काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी –एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेले सत्तालाई प्राथमिकतामा नदिएको बताए उनुभएको छ ।     
     
 नेकपा –एमाले) रामेछाप–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको अभिमुखीकरणमा उनले कमजोरको सहकार्यबाट राष्ट्र निर्माण हुननसक्ने भएकाले अहिले एमालेले सत्तालाई प्राथमिकता नदिएको बताए ।      
     
 उनले बलिया राजनीतिक शक्ति एकजुट गरी मुलुक निर्माण गर्न सकिने निष्कर्षसहित सो काममा नेकपा –एमाले) लागेको भन्दै सोही अभियान अन्तर्गत एमाले मिशन ग्रासरुटमा लागेको बताए ।      
     
 जति धेरै राजनीतिक दल, त्यति धेरै मुलुकमा राजनीतिक अस्थिरता हुने भएकाले नेपाली समाजले अब एउटै बलियो राजनीतिक शक्ति निर्माणको विषयमा बहस पैरवी गर्ने बेला आएको उनको भनाइ थियो ।  
  
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal