(Wednesday , 15 April,2026)

सिद्धान्त भन्दा बाहिर जाँदा सहकरीमा समस्या

संवाददाता

संवाददाता

काठमाडौं । सहकारीमा आएको समस्यालाई शुद्धिकरण गर्न सहकारी अभियान्ताबाट नै सुरुवात गर्नु पर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले बताएका छन् । उनले सहकारीमा आन्तरिक सुशासन नहुँदा समस्या बढदै उनको भनाइ छ । गतल काम गर्ने सहकारीलाई संघ, महासंघले संरक्षण दिने भन्दा पनि कारबाहीको लागि प्रकृया अगाडि बढाउन सहयोग गर्न सचिव रेग्मीले आग्रह समेत गरे ।

बुधबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) ले आयोजना गरेको ‘सहकारीको विद्यमान समस्या, चुनौती र समाधानको उपाय’ विषयक अन्तक्रियामा सहकारीमा भएको समस्यालाई सधान गर्न सहकारी अभियान्ता भित्रबाट नै सहकारीहरुको शुद्धिकरण थालनी गर्नुपर्ने बताएका हुन् । उनले सहकारीमा आन्तरिक सुशासन नहुँदा समस्या बढदै उनको भनाइ छ । 

‘सहकारीको शुद्धिकरण गर्न अभियान्ताको सहयोग आवश्यक पर्छ । उनले भने,‘  कुन सहकारीमा कस्ता समस्या छन् अभियान्ताले नै नजिकबाट बुझेका हुन्छन् ।  सचिव रेग्मीले भने,’सहकारीमा आएको समस्या समाधान गर्न सहकारी अभियान्ताको सहयोग हुनुपर्छ । सहकारीमा समस्या आयो भने डराउनु पर्दैन । सहकारीको समस्याको समधान हुन्छ ।

सहकारी क्षेत्र पुनः रुपान्तरण हुन्छ ।‘उनले भने,‘ सबै सहकारी समस्या छैन । केही सहकारीमा समस्या आएको छ । सहकारीको मूल्य मान्याता भित्र नरहेर कारोबार गरेका बचत तथा ऋण सहकारीमा समस्या छ ।’ शहरमा रहेका बचत तथा ऋण सहकारी क्षेत्रमा बढी समस्या भएको  सचिव रेग्मीले बताए ।  उनले सहकारी विभागका रजिष्ट्रारले गलत गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याएको छ जे गर्नु भएको छ सही गर्नु भएको छ आफ्नो पूर्ण समर्थन रहेको बताए । 
सहकारी विभागका रजिष्ट्रार  नवराज घिमिरेले बचत कर्ताको रकम फिर्ता गर्दैन भन्ने सहकारी सञ्चालनलाई सहकारी ऐनको १२५ दफा बमोजिम कानूनी कारबाही हुने बताए । त्यस्तो भन्ने सञ्चालकको बारेमा विभागलाई जानकारी दिन उनले अनुरोध गरे । बचत कर्ताको पैसा कसैले पनि फिर्ता गर्दैन भन्ने नपाइने उनले जानकारी दिए । 

उनले भने, ‘ सबै सहकारी समस्या छैन । सहकारीको मूल्य मान्यता र सिद्धान्त बाहिर बसेर कारोबार गर्ने सहकारी समास्या छन् ।’ त्यस्ता सहकारीबाट राज्यले जसरी भएपनि बचत कर्ताको रकम असुली गर्ने उनले बताए ।  सहकारी समस्या कोभिडका कारणले मात्र समस्या आएका होइनन् सञ्चालकको मनपरीका कारण  समस्या आएका उनको भनाइ छ । 

‘कोभिडका कारण केही छिटो समस्या हुनु ।’ उनले भने,’ सहकारीले नियम भन्दा बाहिर रहेर काम गरेका हुँदा एक पटक समस्या आउने अवस्था सहकारीमा थियो ।’ यस्तै घिमिरेले सहकारीका ठुलो वित्तीय कारोबार हुने भएकाले विभागबाट अनुगमन गरी समस्या समाधान नहुने बताए ।  ऐन कार्यान्वयन नगर्दा समस्या आएको भने उनले स्वीकार गरेका छन् । 

पूर्व सहकारी सचिव गोपीनाथ मैनालीले सहकारी संस्थाहरु सिस्टममा बस्न नचाहँदा समस्या देखिएको बताएका छन्  । कार्यपत्र प्रस्तूत गर्दैन मैनालीले भने,‘ ‘सहकारी क्षेत्र सबै क्षेत्रमा अन्तरसम्बन्धित भएको, सबै क्षेत्रसँग जोडिने, संविधानले बढी प्राथमिकता दिएको क्षेत्र हो । सुरुमा सहकारीले राम्रो गरेको भए पनि अहिले सिस्टममा नहुँदा समस्या बढेको हो ।’ राजनीतिक छाता ओढेका, प्रभुत्व बढी भएका तथा सञ्चालक र व्यवस्थापक एकै व्यक्ति भएका सहरकारीमा समस्या देखिएको उनको भनाइ छ ।  

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले गलत काम गर्ने सहकारी कारबाहीको भागिदार हुनुपर्ने बताए । उनले ऐन कानुन प्रभावकारी कार्यान्वयन भएको खण्डमा अहिलेको जस्तो समस्या गुनासो गरे । उनले सहासंघले गतल गर्ने सहकारीलाई  बचाउन तर्फ नलाग्ने जोड दिए । केही समस्यामा रहेका सहकारीलाई माथि उठाउन सहयोग मात्र गर्ने उनले बताए । 

‘बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढेका कारण सहकारीको पैसा बैंकमा जाँदा पनि समस्या भयो,’ उनले भने, ‘स्वचालित तरिकाले ब्याजदर निर्धारण गर्नुपर्छ ।’ सरकारले ऋण असुली न्यायाधीकरण ल्याएको भए कर्जा उठाउन सहज हुने दाबी उनले गरे । कध्यक्ष कँडेलले सरकारसँग महासंघले गरेको माग पूरा नभए आन्दोलन जाने  बताए । 

नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन)का उपाध्यक्ष चन्द्र ढकालले अभियानको ट्रयाकमा आएका सहकारीकै नियमन गर्न नसकेको अवस्थामा ट्रयाकबाहिर भएकालाई नियमन गर्न झन् समस्या भएको बताएका छन् । ‘आठ हजार सहकारी ट्रयाकमा छन् र आठ हजारभन्दा बढी ट्रयाक बाहिर छन्,’ उनले भने ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal