(Thursday , 16 April,2026)

वैदेशिक लगानी आकर्षित गर्न संरचनात्मक सुधारमा ध्यान दिन विज्ञको सुझवा

mountainejournal.com

mountainejournal.com

काठमाडौँ ।  नेपालमा विदेशी लगानी भित्र्याउनका लागि कानुनी एवं संरचनात्मक सुधार गर्नुपर्नेमा जोड दिइएको छ । लगानी बोर्ड र स्टान्डर्ड चार्टर्ड बैंकको संयुक्त आयोजना र नेपाल आर्थिक पत्रकार समाज(सेजन)को संयोजनमा काठमाडौँमा सम्पन्न ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेल’को अन्तिम शत्रका वक्ताहरूले नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि कानुनी संरचनासहित लगानीयोग्य आयोजना निर्माणमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका हुन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)का नेपालका लागि आवासीय प्रतिनिधि टेरेसा दबन सान्चेन्जले भने, “नेपालको कानुनी संरचना सुधार्नुपर्छ, दिगो अर्थतन्त्रका लागि आयातामा आधारित राजस्व प्रणालीलाई परिवर्तन गर्नुपर्छ । त्यसका लागि उत्पादनमूलक क्षेत्रमा लागनी बढाउनुपर्छ ।” उनले वैदेशिक लगानी आकर्षित गर्नका लागि आयोजना कार्यान्वयन क्षमता अभिवृद्धि र नीतिगत सुधारमा विशेष केन्द्रित हुन पनि सुझव दिए ।  

त्यसैगरी एसियाली विकास बैंका प्रमुख अर्थशास्त्री जान हान्सेनले नेपालमा लगानीमैत्री वातारण बनाउनका लागि प्रविधिमैत्री हुनुपर्ने बताए । उनले स्थानीयस्तरमा लगानी पु¥याउनका लागि सोहीअनुसारका फरक–फरक लगानीयोग्य आयोजना निर्माण गर्न नेपाललाई सुझाव दिए । अर्थशास्त्री हान्सेनले सार्वजनिक र निजी क्षेत्रको सहकार्यमा नै लगानीको वातारण सिर्जना हुने भएकाले आपसी सहकार्य गर्दै लागनीका क्षेत्र पहिल्याउनेतर्फ ध्यान दिन आग्रह गरे  । 

त्यसैगरी संयुक्त राष्ट्र सङ्घ, वित्तीय विकास कोषका राष्ट्रिय कार्यक्रम संयोजक सरोज नेपालले नेपालका सङ्घ, प्रदेश र स्थानीय तहमा थुप्रै आयोजनाहरू रहेको उल्लेख गर्दै लगानीयोग्य आयोजना भने पाउन मुस्किल रहेको बताए । उनले लगानीयोग्य आयोजना तयार भएको अवस्थामा मात्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी आकर्षित हुने भएकाले त्यस्ता योजना तयारमा विशेष ध्यान जानुपर्नेमा उहाँको जोड थियो ।

स्टान्डर्ड चार्टर्ड बैंक युकेका स्थिरतासम्बन्धी वरिष्ठ सल्लाहकार जोहन मुर्टनले सन् २०३० सम्ममा मध्यस्तरको आय भएको देशमा परिणत हुने र सन् २०४५ सम्मा शून्य कार्वन उत्सर्जन गर्ने लक्ष्य लिएको नेपालले त्यस्तो लक्ष्य भेट्टाउनका लागि वातावरणमैत्री लगानीलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले वैदेशिक लगानीलाई आकर्षित गर्नका लागि तीब्र गतिमा विकास गरिरहेका विश्वका ठूला अर्थतन्त्र (भारत र चीन) बाट फाइदा लिन सक्नुपर्ने र त्यसका लागि नीतिगत सुधारलाई ध्यान दिनुपर्ने बताए । 

त्यसैगरी नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले सार्वजनिक क्षेत्र र निजी क्षेत्रको सहकार्यबाट मात्रै आर्थिक विकास अगाडि बढाउन सकिने विश्वास व्यक्त गर्दै सोहीअनुसार नेपाल अगाडि बढेको जानकारी दिए । उनले दिगो विकासका लागि निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै नेपालका निजी क्षेत्रको आर्थिक विकास निरन्तर सहयोग बताए । 

नेपाल पूर्वाधार बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले नेपालले लिएको आर्थिक लक्ष्य पूरा गर्नका लागि वैदेशिक सहयोग आवश्यक पर्ने र सोही अनुसारका कार्यक्रम तय गरेर अगाडि बढ्नुपर्ने बताए । 

लगानीमैत्री वातारण तयार गर्न सक्षम छौँ ः गभर्नर अधिकारी 

सम्मेलन समापन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लगानीमैत्री वातवरण सिर्जना गर्न नेपाल सक्षम रहेको बताए । उनले नेपालमा लगानी गर्नका लागि अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाले चासो देखाइरहेको जानकारी दिँदै भन्नुभयो, “नेपाल लगानीमैत्री वतारण निर्माण गर्न सक्षम छ । हामी गर्वका साथ भन्न सक्छौँ, हामी लगानीमैत्री वातावरण तयार गर्न गर्छौँ ।”

उनले भने, “ अन्तर्राष्ट्रिय लगानीकर्ताले नेपालको अवस्थालाई नजिकबाट नियालीरहेका छन् । हाम्रो अवस्थालाई अन्य देशसँग तुलना गरिरहेका छन्, यद्यपी उनीहरु लगानीका लागि इच्छुक छन् ।” गभर्नर अधिकारीले आज सम्पन्न ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेल’ले नेपालमा लगानीको वातारण छ भन्ने सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे । 

सम्मेलनमा चार शत्रमा लगानीसम्बन्धी विभिन्न क्षेत्रमा बहस भयो । नेपालको लगानीका अवस्था एवं वित्तीय उपलब्धता, कानुनी, संस्थागत कार्यान्वयनको अवस्था, विकास र लगानी एवं सबल पक्षको उपयोग गर्दै अप्ठ्याराहरू निराकरण गर्नेजस्ता विविध विषयमा राष्ट्रिय एवं अन्तराष्ट्रि क्षेत्रका विज्ञहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो ।  

  
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal