काठमाडौँ । नेपाल आयाल निगमले इन्धन भण्डारण क्षमता बढाउन निर्माण प्रक्रियाको थालनी गरेको छ । रुपन्देही स्थती रोहिणी खोलाको जग्गामा निगमले नयाँ भण्डारण डिपो बनाउने कार्यको थालनी गरेको हो । बुधबार निगमले एक कार्यक्रमको आयोजना गरी डिपो निर्माण प्रक्रिया सुरु भएको जानकारी गराएको थियो । डिपो निर्माण परियोजनाका संयोजक इञ्जिनियर प्रदीप यादवका अनुसार पहिलो चरणमा पहिलो चरणमा जग्गा सम्याउने र रिटेनिङ वाल (पर्खाल) लगाउने काम हुनेछ ।
जग्गा खोलाको किनारमा जग्गा भएकाले पानी आउन नदिन जग्गा सम्याएर दुई मिटर उचाइको पर्खाल लगाउने काम हुने इञ्जिनियर यादवले जानकारी दिए । उक्त कार्य तीन महिना भित्र सकाउने लक्ष्य लिएको उनले बताए । यस्तै दोस्रो चरणमा काम पूर्वाधार निर्माण काम हुनेछ । पूर्वाधार निर्माणको काम अघि बढाउन २०८१ मंसिर महिनामा शिलन्यास हुने उनले बताए । इञ्जिनियर यादवले परियोजनाको सबै काम तीन वर्ष भित्र २०८३ मा सक्ने लक्ष्यले रहेको जानकारी । उक्त परियोजनाको कुल लगात करिब ३ अर्ब रुपैयाँ रहेको उनले बताए ।
उनले भने,‘ भलवारीको डिपो चालीस वर्ष पुरानो हो । जुनसुकै बेला आगो लाग्ने अवस्थाको छ । दश वटा गाडीका लागि बनाएको डिपोमा अहिले सय भन्दा बढी गाडी छन् ।’ बस्तीको बीचमा भएकाले पनि डिपो स्थानान्तरण गर्नु पर्ने अति आवश्यक हुँदा नयाँ डिपो बनाउन थालेको उनको भनाइ । भलवारीको डिपोको भण्डारण क्षमता करिब एक सातालाई मात्र पुग्नेछ । अब निर्माण हुने थालको नयाँ डिपो करिब तीन सातालाई पुग्ने क्षमताको हुने उनले जानकारी दिए ।
इञ्जिनियर यादवका अनुसार निर्माण हुने डिपो भन्दा पुरानो डिपोबाट ८ किलोमिटरको दुरी छ । यो डिपो भैरहवाको ओमसतिया गाउँपालिका–५ र रोहिणी गाउँपालिका–३ भित्र बन्नेछ । ओमसतिया गाँउपालिकामा ७० प्रतिशत जग्गा छ भने रोहिणीमा ३० प्रतिशत छ । दुई पालिकामा करिब १५ बिघा जमिन छ ।
उक्त निगमले २०७३ सालमा किनेको थियो । त्यो मध्ये १ बिघा खोलामा परेकाले जग्गाधनीबाट राखिएको धरौटीबापत साढे ९ करोड रूपैयाँबाट उक्त एक बिघा कटाएर गरी सकेको छ यादवले जानकारी दिए । उनका अनुसार पूर्वाधार डिजाइनको काम काठमाडौँ विश्वविद्यालयले गर्नेछ । खोला किनारमा इन्धन डिपो बनाउँदा कुनै क्षेत्रलाई असर नहुने बन्ने उनको दाबी छ ।
सिभिल इञ्जिनियरको समूहलाई अध्ययन गरी रहेको छ । उनले भने,‘ हामीले अन्य कम्पनीको विश्वा नहुँदा हामीले काठमाडौँ विश्व विद्यालयलाई अध्ययनका लागि दिएको हो । उनीहरुले गरेको अध्ययनले खतरामुक्त देखाएको छ । यस क्षेत्रमा बाढीले कुनै असर पार्ने अध्ययनले देखाइ सकेको उनले जानकारी दिए ।
यादवको अनुसार २१ लाख लिटरको तीन वटा डिजेल, र १६ लाख लिटरको दूई वटा पेट्रोल र ७० गिएलको तीन वटा मट्टीतेलको भण्डार गृह निर्माण हुनेछ । निगमले मोतिहारी–सर्लाही एलपिजी ग्यास पाइपलाइन समेत निर्माण गर्ने प्रक्रिया अघि बढाउन लागेको छ । कुल १३० किलोमिटर लामो यो पाइपलाइनको लागत खर्च १५ अर्ब रूपैयाँ छ । अहिले भारत बुलेट व्यवसायीले ग्यास ढुवानी गरिरहेका छन् । त्यसबापत उनीहरुले वार्षिक ६ अर्ब रूपैयाँ लैजान्छन् । यो पाइपलाइन बनेर सञ्चालनमा आएपछि बाहिर पैसा जान रोकिनेछ । साथै नेपाली नम्बर प्लेटकै बुलेट सञ्चालनमा आउँदा नेपालीले व्यवसायीले स्वदेशमै काम पाउने यादवले बताए ।
प्रतिक्रिया