आर्थिक सर्वेक्षण २०७९÷०८०
काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म थप १०४ किलोमिटर नयाँ सडक मात्र निर्माण भएको छ । सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९÷०८० मा चालू आवको ८ महिनामा थप नयाँ सडक जम्मा १०४ किलोमिटर मात्र निर्माण भएको जनाएको छ । यस्तै यस अवधिमा ३१६ किलोमिटर सडक खण्डास्मित (ग्रावेल)स्तरमार २४८ किलोमिटर सडक कालोपत्रे स्तरमा स्तरोन्नति भएको छ । यसैगरी ८ हजार ८ हजार २५४ किलोमिटर सडकको नियमित तथा पटके मर्मत भएको छ । यसैगरी २७८ किलोमिटर सडकको आवधिक मर्मत सम्पन्न भएको भएको सर्वेक्षणमा भनिएको छ । यस अवधिमा ७५ पुलको निर्माण सम्पन्न भएको उल्लेख छ ।
आर्थिक वर्ष २०७८÷७९मा २८० किलोमिटर नयाँ सडक निर्माण भएको थियो । यस अवधिमा ३३५ किलोमिटर खण्डास्मित स्तरमा स्तरोन्नति र ६१८ किलोमिटर कालोपत्रे स्तरमा सडक स्तरोन्नति भएको थियो । साथै, ७,८०० किलोमिटर सडकको नियमित तथा पटके मर्मत भएको थियो भने २५० किलोमिटर सडकको आवधिक मर्मत सम्पन्न भएको थियो । सो अवधिमा २८२ पुलको निर्माण सम्पन्न भएको थियो । आर्थिक सर्वेक्षणअनुसार २०७९ फागुनसम्म मुलुकभर १७ हजार ४ सय ८० किलोमिटर कालोपत्रे, ७ हजार ९ सय ५६ किलोमिटर ग्रावेल र ८ सय ६६४ किलोमिटर कच्ची सडक गरी हालसम्म संघीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४ हजार १ सय किलोमिटर पुगेको छ ।
कुल सडकमध्ये कालोपत्रे ५१.३ प्रतिशत, ग्रावेल २३.३ प्रतिशत र कच्ची सडक २५.४ प्रतिशत रहेको छ । २०७९ असारसम्म सडकको कुल लम्बाइ ३३ हजार ९ सय ९६ किलोमिटर रहेको थियो । यसैगरी मध्यपहाडी (पुष्पलाल) राजमार्गको कुल लम्बाइ १ हजार ८७९ किलोमिटर मध्ये २०७९ असारसम्म १ हजार २५९ किलोमिटर कालोपत्रे सम्पन्न भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप ४२ किलोमिटर सडक कालोपत्रे भई १ हजार ३०१ किलोमिटर पुगेको सर्वेक्षणमा उल्लेख छ ।
लोकमार्गमा पर्ने १३७ पुलमध्ये २०७९ फागुनसम्म ९७ पुलको निर्माण सम्पन्न भएको छ । आर्थिक सर्वेक्षणअनुसार हुलाकी राजमार्गको कुललम्बाइ १ हजार ८५७ किलोमिटर मध्ये २०७९ असारसम्म ८९१ किलोमिटर (लिङ्कसडकसहित) कालोपत्रे सम्पन्न भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप ३६.५ किलोमिटर सडक कालोपत्रे भएको छ । यस्तै २०७९ फागुनसम्म ९ हजार २७.५ किलोमिटर पुगेको छ ।
लोकमार्गका २५० पुलमध्ये २०७९ असारसम्म ११५ पुल निर्माण सम्पन्न भएकोमा २०७९ फागुनसम्म यस्तो संख्या १२२ पुगेको छ । उत्तर दक्षिण राजमार्ग कालीगण्डकी कोरिडोर कुल लम्वाई ४४७ किलोमिटरको गैडाकोट–राम्दी–मालढुङ्गा खण्डको २४५ किलोमिटर खण्डमध्ये फागुनसम्म १२० किलोमिटर सडक कालोपत्रे र २७ पुलको निर्माण सम्पन्न भएको छ ।
यस्तै यस कोरिडोर अन्तर्गत २०७९ फागुनसम्ममा लढुंगा–बेनी–जोमसोम–कोरला खण्डको २०२ किलोमिटर खण्डमध्ये २९ किलोमिटर सडक कालोपत्रे र ६ पुलको निर्माण सम्पन्न भएको छ । २०७९ असारसम्म २ड किलोमिटर सडक कालोपत्रे र ४ पुलको निर्माण कार्य सम्पन्न भएको थियो ।
कर्णाली कोरिडोरको कुल लम्बाइ २६९ किलोमिटर मध्ये २०७९ असारसम्म २५७ किलोमिटर ट्रयाक निर्माण सम्पन्न भएकोमा फागुनसम्म ३.५ किलोमिटर थप ट्रयाक निर्माण भई हालसम्म २६०.५ किलोमिटर ट्रयाक निर्माण सम्पन्न भएको सर्वेक्षण जनाएको छ ।
प्रतिक्रिया