(Monday , 29 June,2026)

२३ औँ राष्ट्रिय धान दिवस 

वर्षाैदेखि आत्मनिर्भर बन्ने नारा आयात अरर्बौको

mountainejournal.com

mountainejournal.com

काठमाडाैँ । सरकारले विगत करिब साढे दुई दशकदेखि धानमा आत्मनिर्भर बन्ने घोषणा गर्दै आएको छ । तर, वर्षमा अरर्बाैैको धान चामल आयात भएको तथ्यांकले सरकारका आत्मनिर्भर बन्ने नारालाई भने गिजाइरहेको छ । चालु आर्थिक वर्षको ११ महिनामा मात्र ३७ अर्ब ८३ करोड रुपैयाँको ७ लाख ११ हजार टन धान चामल आयात भएको छ । गत वर्ष आर्थिक वर्षमा ४० अर्ब १८ करोड ९७ लाख रुपैयाँ बराबरको ७ लाख ७५ हजार टन धान चामल आयात भएको थियो । 

यो वर्ष पनि सरकारले विगतकै नारालाई दोहोर्यौँदै जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’को नाराका साथ २३औँ राष्ट्रिय धान दिवस सोमबार विभिन्न कार्यक्रम सहित मनाइँदै छ । सरकारले २०६१ देखि धान दिवस मनाउन सुरु गरेको हो । कृषि, वन तथा पर्यावरण मन्त्रालयको अनुसार करिब ७० लाख मेट्रिक टन धान आवश्वक पर्छ । माग पुरा गर्न अझै १० लाख मेट्रिक टन धान अपुग छ । आर्थिक वर्ष २०८१–८२ मा १४ लाख २० हजार ६ सय ३६ हेक्टरमा धानखेती गर्दा ५९ लाख ५५ हजार ४७६ टन धान उत्पादन भएको थियो । यस्तै, उत्पादकत्व प्रतिहेक्टर ३.७० टनभन्दा माथि पुगेको छैन । 

आन्तरिक रुपमा उत्पादन बढ्न नसक्दा मुलुकमा वर्षेनी अर्बौं रुपैयाँको चामल आयात गर्नुपर्ने अवस्था छ । कृषि क्षेत्रका विज्ञहरु भने सरकारी नाराअनुसार धान उत्पादन वृद्धि नहुनुमा मुख्य कारण सिँचाइ अभाव देख्छन् । यस्तै, समयमा रासायनिक मल उपलब्ध नहुनु र खेतीयोग्य जमिन मासिँदै जानुले पनि अपेक्षाअनुरुप धान उत्पादन नभएको उनीहरुको धारणा छ । कृषि सामग्री र पूर्वाधारको अभाव खेतीका लागि आवश्यक पर्ने रासायनिक तथा जैविक मल, गुणस्तरीय बीउ सिचाइँ नहुँदा माग अनुुसार उत्पादन हुने नहुने कृषि विज्ञ डा. डिल्लीराज शर्मा बताउँछन् ।

 समयमा कृषकले मल नपाउने धान रोपाइँ आकासे भरमा पर्ने बाध्यता छ । उनले भने, उत्पादन बढाउन कृषकलाई सिचाइँ, मल र गुणस्तरीय बिउ आवश्यक पर्छ । कुल खेतीयोग्य जमिनमध्ये मात्र ३५ देखि ४० प्रतिशत जमिनमा सिँचाइको सुविधा मात्र पुगेको छ  । बाँकी ६० प्रतिशत जमिन अझै पनि आकाशे पानीको भरमा कृषकले धान रोप्नु पर्ने बाध्यता रहेको उनले बताए ।

कृषिमा आत्मनिर्भर हुने आकर्षक नाराहरु बनाउरु मात्र हुँदैन स्पष्ट र दीर्घकालीन नीतिको आवश्यकता रहेको कृषि विद् डा. शर्माले बताए । स्पष्ट नीतिगत व्यवस्था र त्यसको प्रभावकारी कार्यान्वयन भए आगामी दुई देखि पाँच वर्षभित्र नेपाल कृषिमा पूर्ण रूपमा आत्मनिर्भर बन्न सक्ने कृषि विज्ञ डा. शर्माको भनाइ । यसका लागि मल, बीउ र सिँचाइलाई व्यवस्थित बनाउँदै जग्गा खण्डीकरण रोक्ने ठोस नीति ल्याउनुपर्ने उनले बताए । 

मन्त्रालयका अनुसार नेपालका कुल ४१ लाख ३१ हजार कृषक घरपरिवार मध्ये करिब २७ लाख ६५ हजार घरधुरीले धान खेती गर्दछन् । कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा धानको योगदान १३ प्रतिशत रहेको छ भने कुल खाद्यान्न उत्पादनमा यसले ५० प्रतिशत हिस्सा ओगटेको छ ।  मुलुकको कुल गार्हस्थ्य उत्पादनमा धानले मात्रै करिब २ खर्ब रुपैयाँ बराबरको योगदान पु¥याउँदै आएको छ । 

उत्पादनको अवस्था र चुनौती पछिल्लो पाँच वर्षमा धानको उत्पादकत्व ३.५० मेट्रिक टन प्रति हेक्टरबाट वृद्धि भई ४.१९ मेट्रिक टन पुगेको छ । नेपाललाई आवश्यक पर्ने करिब ७० लाख मेट्रिक टन धानको तुलनामा अझै करिब १० लाख मेट्रिक टन धान अपुग छ । मसिनो र बासनादार चामलको बढ्दो मागका कारण यसको आयात समेत चुनौतीपूर्ण बनेको छ । यसका साथै जलवायु परिवर्तनका कारण निम्तिने बाढी र सुक्खा जस्ता प्राकृतिक प्रकोपले धान उत्पादनमा प्रतिकूल असर पारिरहेको मन्त्रालयले जनाएको छ 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal