(Monday , 21 April,2025)

२३ औँ  अन्तराष्ट्रिय विश्व दूध दिवस 

mountainejournal.com

mountainejournal.com

काठमाडौं । आज २३ औं अन्तराष्ट्रिय विश्व दूध दिवस, विश्वभर विभिन्न कार्यक्रमहरु गरी मनाइने भएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा दुग्ध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको आधार नारा सहित अन्तराष्ट्रिय विश्व दूध दिवस मनाउन लागेको हो । आमजन्ताले दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालमा सन् २०११ बाट विश्व दूध दिवस मनाउन थालेको हो । 

सातै प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रादेश दुग्ध विकास बोर्ड, पशु सेवा विज्ञ केन्द्र, जिल्ला दुग्ध उत्पादक सहकारी संघ, दुग्ध उत्पादक सहकारी संस्था, दुग्ध उद्योग लगायतका सरोकारवाला निकायहरुले विश्व दूध दिवस विभिन्न कार्यक्रमहरु गरी मनाउने नेपाल डेरी एशोशियसनले जनाएको छ । दिवसका मुख्य उद्देश्य  दैनिक गुणस्तरीय दूध पिउन जनचेतना जगाउने ,पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार प्रसार लगायत रहेका छन् । 


 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal