(Thursday , 16 April,2026)

संविधानको रक्षा गर्ने जिम्मेवारी पत्रकारको काँधमा छ नेता कोइराला

संवाददाता

संवाददाता

     
 काठमाडौँ   । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले संविधानको रक्षा गर्ने जिम्मेवारी पत्रकारको काँधमा रहेको बताएका छन् ।   नेपाल प्रेस युनियन काठमाडौँ शाखाको नवौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने जिम्मेवारी सञ्चारकर्मीको काँधमा भएको बताएका हुन् ।     
     
 “संविधानको रक्षाका लागि पत्रकारहरु लाग्नुहोस्”, उनले भने,‘ उनले कांग्रेस पछिल्लो समय छियाछिया भएको भन्दै यसलाई पुनर्जीवन दिन लाग्नुपर्ने बताए । कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले लामो समयदेखि कांग्रेसको केन्द्रीय समितिको बैठक बस्न नसकेको भन्दै अविलम्ब केन्द्रीय समितिको बैठक बोलाउन नेतृत्वलाई आग्रह गरे । उनले प्रेस स्वतन्त्रताको पक्षमा उभिन प्रेस युनियनकर्मीलाई आग्रह गरे ।     
     
 नेपाली कांग्रेस सङ्खुवासभाका सभापति एवम् सांसद दीपक खड्काले सञ्चारकर्मीले समाजलाई सकारात्मक सन्देश दिन आग्रह गरे । उनले समाज परिवर्तनमा सञ्चारकर्मीको ठूलो योगदान रहेको बताए ।      
     
 नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रेस युनियनलाई चुस्त, दुरुस्त र श्रमजीवीको सङ्गठन बनाउनका लागि सबै पत्रकार लाग्नुपर्ने बताए ।   नेपाल प्रेस युनियन काठमाडौँका कार्यवाहक अध्यक्ष अच्युत रेग्मीले प्रेस युनियनलाई बलियो बनाउँदै नेपाल पत्रकार महासङ्घको निर्वाचनमा लोकतन्त्रवादी पत्रकारको प्रतिनिधित्व गराउन सबै लाग्नुपर्नेमा जोड दिए ।     

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal