काठमाडौँ । यही असोज १८ गते यता परेको अविरल वर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिमध्ये हालसम्म करिब पौने ४ अर्ब रुपैयाँ बराबरको बिमा दाबी परेको छ ।
उक्त अवधिमा बाढीले पुर्याएको क्षतिबापत हालसम्म करिब ४ अर्ब ७८ करोड ४० लाखको दबी परेको बिमा प्राधिकरणले जनाएको छ ।
विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ७ सय ३४ वटा बिमा दाबीको करिब ३ अर्ब ७८ करोड ४० लाख ९० हजारको दाबी परेको जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
परेका दाबीमध्ये सबैभन्दा धेरै सम्पत्ति बिमामा ३८२ वटा छन् । कृषि तथा बाली बिमामा २०९ वटा, इन्जिनियरिङ तथा ठेकेदार बिमामा ९२, निजी मोटर बिमामा ३७, सरकारी मोटर बिमामा १०, सामुद्रीक बिमामा ३ र अन्यमा एक गरी ७ सय ३४ वटा दाबी परेको प्राधिकरणको तथ्यांक छ ।
परेको दाबीमध्ये कम्पनीहरुबाट केही रकम भुक्तानी भएपनि धेरै दाबीको भुक्तानी बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया