(Thursday , 16 April,2026)

रास्वपाको निर्णय

रास्वपाबाट श्रेष्ठ निष्कासित, कंशाकारलाई सांसदमा निर्वाचित गर्ने निर्णय

mountainejournal.com

mountainejournal.com

 काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकले आज समानुपातिक सांसद डा ढाकाकुमार श्रेष्ठलाई पार्टी र सांसद पदबाट निष्कासित गरी कंशाकारलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने निर्णय गरेको हो ।     
     
घुस मागेर पार्टीको बदनाम गरेको र भ्रष्टाचारलाई बढावा दिन खोजेको देखिएकाले श्रेष्ठलाई सांसद र पार्टीको साधारण सदस्यबाटै हटाएर उहाँको सदस्यता खारेज गर्ने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिए । 
     
उनका अनुसार श्रेष्ठको सांसद पद खारेजीका लागि संसद् सचिवालयलाई जानकारी गराउने र रिक्त रहेको पदमा विन्दवासिनी कंशाकारलाई निर्वाचित गर्न निर्वाचन आयोगमा निवेदन दिने पनि पार्टीले निर्णय गरेको छ । निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्द सूचीमा रोल क्रमअनुसार विन्दवासिनी कंशाकार अघि रहेकाले उहाँलाई निर्वाचित भएको घोषणा गरिदिन पार्टीले आयोगलाई निवेदन दिने निर्णय गरेको बताइएको छ ।     
  
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal