(Wednesday , 22 April,2026)

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

mountainejournal.com

mountainejournal.com

 काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल ९जसपा०ले उपराष्ट्रपतिको उम्मेदवार, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बिहीबार आफ्नो केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।     
     
पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३ बजे बैठक बस्ने गरी केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए । उनका अनुसार जसपाले बिहीबार बिहान आफ्ना सांसदहरूलाई पनि बालकुमारीमा उपस्थित हुन भनेको छ ।     
     
पार्टी कार्यालयमा भेला भएर राष्ट्रपतिको उम्मेदवारलाई मत हाल्न जाने कार्यक्रम तय भएको बताइएको छ । बिहान ९ बजे उपस्थित हुन सबै सांसदहरूलाई सूचित गरिएको छ । जसपाका सङ्घीय सांसद १४ र प्रदेशसभा सदस्य २२ गरी ३६ मतदाता रहेका छन् । प्रतिनिधिसभा समानुपातिकतर्फको एक स्थान भने रिक्त रहेको छ ।     
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal