काठमाडौँ । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले संकटको डिलमा पुगेको अर्थतन्त्रलाई विज्ञसँगको सुझाव लिइ सुधार गर्ने प्रतिवद्धता गरेका छन् ।
अर्थमन्त्री पौडेलले तेस्रो पटक अर्थ मन्त्रालयको जिम्मेवार सम्हालेका हुन् ।सोमबार तेस्रोत पटकको अर्थ मन्त्रालयको जिम्मेवार सम्हाल्दै गर्दा मन्त्री पौडेलले संकटको डिलमा रहेको अर्थतन्त्रलाई सही दिशामा डोहो¥याउने प्रतिबद्धता गरेका हुन् ।
अर्थमन्त्रालय र सम्बद्ध सार्वजनिक निकायका कामकारबाहीलाई अनलाइन प्रणालीमा लैजाने पहिलो निर्णयमा उनले हस्ताक्षर गरेका छन् । अहिले अर्थतन्त्रमा चुनौतीहरू धेरै रहेको उल्लेख गर्दै उनले आफूले अर्थजगतका सबै पक्षसँग सहकार्य गरेर समस्या समाधान गर्न तर्फ लाग्ने प्रतिबद्धता जनाए ।
उनले भने ‘बिग्रदो अर्थतन्त्रका सम्बन्धमा विज्ञहरुसँग परामर्श गरेर समाधान गर्ने दिशातिर लाग्नेछु, समस्या काबुबाहिर छैनन्, म सबैलाई विश्वस्त हुन आग्रह गर्छु कि अर्थतन्त्र सुधारमा नै मेरो प्रमुख ध्यान रहनेछ ।’ चालु खर्चको सीमालाई कम गर्ने दिशातिर उन्मुख हुँदै स्रोत व्यवस्थापन तर्फ लाग्नुपर्ने उनको भनाइ छ । उनले पहिले समस्याको लिस्ट तयार गरेर समाधानका लागि विज्ञहरूबाट राय लिने बताए ।
प्रतिक्रिया