(Wednesday , 29 April,2026)

साखःग्रुपले कम्पोस्ट मल उत्पादन गर्दै, रासायनिक मललाई विस्थापित गर्ने दाबी

mountainejournal.com

mountainejournal.com

काठमाडौं ।  विगत लामो समयदेखि स्टिल, हाउजिङ लगायतको व्यवसाय गर्दै साखः ग्रुपले फोहोरबाट मल उत्पादन सुरु गर्न थालेको छ ।  जापानी प्रविधिमा आधारित सिएनविएम प्रविधि मार्फत  मल उत्पादन गरी रिकिशी दाईचि कम्पोष्ट फर्टिलाइजर एण्ड एग्रो प्रालिले रिकिशि कम्पोष्ट प्रालिको सहकार्यमा रिकिशि ब्राण्ड कम्पनोष्ट मल बजारमा ल्याएको हो । 

सडकको फोहोर संकलन गरी सिएनविएम प्रविधिबाट मलको उत्पादन गरी गन्ध रहित मल सस्तो मूल्यमा बजारमा ल्याएको साख ग्रुपका निर्देशक किरणप्रकाश साखले जानकारी दिए । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै कम्पनीका निर्देशक साखले  सरकारको साथ पाए फोहोरबाट कम्पोष्ट मल उत्पादन गरी अर्बाै रुपैयाँ खर्चिदै आएको रासायनिक मललाई विस्थापित गर्न सक्ने दाबी समेत गरेका छन् ।  

सरकारले रासायनिक मलमा कृषकलाई दिदै आएको  अनुदानमा केही साखः ग्रुपलाई दिए कृषकलाई फिरीमा मल उपलब्ध गराउन सक्ने दाबी समेत उनको छ । निर्देशक साखले नेपालमा कम्पोष्ट मल उत्पादन गर्नका लागि ठुलो लगानीको आवश्यक नभएको बताए । करिब १२÷ १५ करोड रुपैयाँ लगानीमा सडकमा फालिएका कुहिने फोहोरबाट कम्पोष्ट मल सहजैसँग उत्पादन गरी कृषकको बारीमा पु¥याउन सकिन उनको भनाइ छ । 
आफुले करिब १२÷१५ करोड रुपैयाँ लगानीमा कम्पोष्ट मल उत्पादन सुरु गरेको जानकारी दिए । उनले पहिलो चरणमा ५ सय टन मल उत्पादन गरेको बताए । निर्देशक साखका अनुसार मल उत्पादनका लागि कुनै पनि मेसिनरी आवश्यकता पर्दैन्  । 

 निकै सहज तरिकाले उत्पादन गर्न सकिन्छ ।  कम्पोष्ट मल उत्पादन गर्ने सबै काच्च पदार्थ नेपालमै उपलब्ध हुने भएकाले यो रासायनिक मल फलदाइ र सस्तो छ । प्रतिकिलो १५ देखि २५ रुपैयाँ पर्छ । कम्पनीले कृषि ज्ञान केन्द्रलाई दिने ज्ञान केन्द्रले कृषकलाई विक्री गर्ने गरेको उनले जानकारी दिए । उनले कम्पनीले अहिले दुधौली नगरपालिकाबाट उत्पादन सुरु गरेको जानकारी दिए । 

 साखका अनुसार मल उत्पादनका लागि आवश्यक फोहोर संकलन गरेर अहिले ५८ वटा कोठाबाट उत्पादन गर्ने गरेको छ । संकलन फोहोरबाट २ महिनामा मल तयारी गरी बजारमा पठाउन सकिन्छ । नेपालमा अहिले अधिकांश खाद्यान्न तथा तरकारी उत्पादनका लागि रासायनिक मलको प्रयोग हुँदै आएको छ । उक्त रासायनिक मलको कारणले माटोमो उर्वराशक्ति ह्रास आएको छ । त्यसैले, कम्पनीले माटोको उर्वराशक्ति जोगाउँदै उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न तथा मानिसको स्वास्थ्यमा पनि सुधार गर्न कम्पोष्ट मल उपयुक्त विकल्पको रुपमा रहेको उनको भनाइ छ ।

मल उत्पादनका लागि देशभरका स्थानीय तहसँग सहकार्य गरेर अगाडि अबको योजना रहेको उनले जानकारी दिए । काम्पनीका निर्देशक साखका अनुासर ‘मलखाद बनाउन स्थानीय सरकारहरुसँगको सहकार्यमा फालिएका कुहिने फोहोर समेतको प्रयोग गरिने भएकाले फोहोर व्यवस्थापनमा ठूलो भूमिका खेल्नेको भनाइ छ । कम्पनीले अहिले भक्तपुर नगरपालिकासँग सहकार्य गरेर फोहोरबाट मल उत्पादन गरिरहेको छ । उक्त मल किसानहरुले उत्पादन गर्ने कृषिजन्य वस्तुको आधारमा बिक्री वितरण गर्दै आएको छ ।

आगामी दिनमा माग बढ्दै गएको अवस्थामा कम्पनीले देशभर नै सहकार्य गरेर अगाडि बढ्ने योजना छ ।  कम्पनीले काठमाडौं महानगरपालिसँग सहकार्य गरेर फोहोरबाट मल उत्पादनको कार्य अगाडि बढाएको छ । परीक्षणका लागि काठमाडौं महागरपालिकाले मल उत्पादन सुरु गरिसकेको छ । अब एक महिनामा मल उत्पादन हुनेछ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal