(Sunday , 15 March,2026)

सिएनआई युवा उद्यमी र फिकी युवाबीच उद्यमशिलता प्रवर्द्धन गर्न समझदारी

mountainejournal.com

mountainejournal.com

काठमाडौं । युवा उद्यमशीलता प्रबद्र्धनका लागि नेपालका युवा उद्यमी र भारतीय युवा उद्यमी मञ्चबीच सहकार्य गर्ने समझदारी भएको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च र फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रि युवा नेतृत्व मञ्चबीच युवा उद्यमीहरुको नवीन सोंचको प्रवद्र्धन, प्रोत्साहन एवं उद्यमशीलता विकासमा सहकार्य गर्ने समझदारी भएको हो । हालै भारतको नयाँ दिल्ली भएको फिकी ग्लोबल लिडर समिटमा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च र फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रि युवा नेतृत्व मञ्चबीच उक्त समझदारी भएको छ । 

समझदारी पत्रमा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च अध्यक्ष प्राची अग्रवाल र फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रि युवा नेतृत्व मञ्च शाश्वत गोयन्काले हस्ताक्षर  गरेको छ । यस समझादारी अनुसार दुई देशका युवा नेतृत्व, युवा उद्यमीहरुबीच विभिन्न समयमा छलफल, अन्तरक्रिया गर्ने, भ्रमण गर्ने, युवा उद्यमीहरुलाई प्रोत्साहन लगायतका कार्यक्रम गरिनेछ । 

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च नेपाल उद्योग परिसंघले युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न गठन गरेको युवा उद्यमी मञ्च हो । यस्तै, फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रि योग लिडर फोरम भारतको युवा नेतृत्व मञ्च हो ।सन् २००५ अगष्ट १५ मा गठित सिएनआईवाइईएफको नेतृत्वमा हालै काठमाडौंमा स्टार्टअप फेस्टको आयोजना भएको थियो भने इन्क्यूभेसन सेन्टर स्थापनालगायतका काम भईरहेका छन् । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal