(Monday , 21 April,2025)

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि घटाएन निगमले

mountainejournal.com

mountainejournal.com


काठमाडौँ   भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरि घटेर आएको छ । नेपाल आयल निगमका अनुसार यसअघिको तुलनामा पेट्रोल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा तथा डिजेल ६ रुपैयाँ ८२ पैसा घटेर आएको छ । यसअघि पनि पेट्रोल प्रतिलिटर ८६ पैसा र डिजेल प्रतिलिटर १ रुपैयाँ ५० पैसा घटेर आएको थियो ।

२ पटकसम्म पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि नेपाल आयल निगमले भने उपभोक्तालाई पुरानै मूल्य कायम राखेको छ । भारतीय आयल कर्पोरेसनलाई बुझाउनुपर्ने पुरानो बक्यौतालाई देखाउँदै निगमले मूल्य घटेर आउँदा पनि पटक पटक समायोजनमा बेवास्ता गर्ने गरेको छ । 
हरेक १५–१५ दिनमा भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्यसूची पठाउँछ । सो अनुरुप शनिबार पठाएको मूल्य घटेर आएको हो । आयल निगमले हाल उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७८ तथा डिजेल १७५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।


 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal