(Tuesday , 28 April,2026)

११ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न सहकारी महासम्मेलन

mountainejournal.com

mountainejournal.com

काठमाडौँ। सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्य श्रृंखला विकास मार्फत आत्मनिर्भर अर्थतन्त्र निमार्ण गर्न महासम्मेलन जोड दिएको छ । काठमाडौंमा सनिबार सम्पन्न तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सहकारीले आत्मनिभर अर्थतन्त्र निमार्णमा लाग्नु पर्ने उल्लेख छ ।

त्यसैगरी, वातावरण मैत्री कृषि, उत्पादनमा वृद्धी आयात प्रतिस्थापन, निर्यात प्रर्वद्धन र रोजगारी सिर्जना गर्न सार्वजनिक निजी र सहकारी साझेदारी ढाँचालाई अगाडि बढाईने घोषणापत्रमा उल्लेख छ । नविन सोच र सिर्जनात्मकताकाआधारमा सहकारी मार्फत कृषिपर्यटन, जलश्रोत, स्वास्थ्य, शिक्षा, उद्योग लगायतका क्षेत्रमालगानी वृद्धिगर्ने प्रतिवद्धता महासम्मेलनले गरेको छ । 


सहकारी संघमार्फत बृहत र विशिष्टउत्पादनको विकास, कृषि र पशुजन्य क्षेत्रको प्रवद्र्धन एवं ठुला कृषिफार्मको स्थापना, कृषिजन्य वस्तु तथा सेवाको मूल्य तथा आपूर्ति श्रृंखला विकास गरी सहकारीको ब्राण्ड प्रवद्र्धन गर्ने जनाइएको छ । 

त्यसैगरी, सहकारी सिद्धान्त,मूल्य,मान्यता र विधिको परिपालना गरी सहकारीको पहिचान स्थापित गर्न सहकारी संस्थाहरुमा स्वनियमन र सुशासन कायम गर्दै सदस्य केन्द्रित व्यवसायको माध्यमबाट गुणात्मक सहकारी अभियान निर्माणमा प्रतिवद्धता जनाएको छ । 

सदस्यको बचतको सुरक्षाका लागि सहकारी क्षेत्रमा विश्वास अभिवृद्धि गर्न राष्ट्रव्यापी रुपमा जागरण अभियान सञ्चालन गर्न,  सहकारी क्षेत्रको दिगोका लागि कानुनले परिकल्पना गरेका प्रवद्र्धनात्मक व्यवस्था कार्यान्वयनका लागि आवश्यक पहल कदमी गर्न र अर्थतन्त्रमा देखा परेका समस्याका कारण सहकारी क्षेत्रमा सृजना भएको तरलता संकुचनको समस्या समाधा नार्थ तीनै तहका सरकारको तर्फबाट सम्बोधन गर्न सामूहिक रुपमा बहस पैरवीका लागि पहल गरिने घोषणा पत्रमा उल्लेख छ । 

साथै, सहकारीको स्वस्थ्य एवं प्रतिस्प्रिर्धात्मक क्षमता अभिवृद्धिका लागि एकिकरणलाई अभियानको रुपमा सञ्चालन गनूृका साथै नवप्रविधिलाई आत्म साथ गर्दै गुणस्तरीय सेवा प्रवाह गर्न प्रतिबद्ध जनाएको छ । सरकार मातहत रहेका कोषहरु सहकारी वैंक मार्फत सहुलियत पूर्णरुपमा लगानी गर्न तथा उच्च तम प्रविधिअपनाउन सामुहिक पहल कदमी गर्ने बताइको छ ।  

दिगो विकासको लक्ष्य प्राप्तीका सहकारी संघ संस्थामा महिला तथा लैंगिक समानता, युवा तथा सिमान्तकृत वर्ग बीच सामाजिक समावे शिता कायम गर्दै वित्तीय पहुँच वृद्धि गर्दै जाने उल्लेख छ ।  

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal