(Sunday , 03 May,2026)

राष्ट्रिय जनगणना

कृषिमा संलग्न जनसङ्ख्या बढी

mountainejournal.com

mountainejournal.com

काठमाडौँ।  राष्ट्रिय जनगणनाअनुसार आर्थिक काममा संलग्न एक करोड ४९ लाख ८३ हजार तीन सय १० जनसङ्ख्या छन् । त्यसमध्ये सबैभन्दा धेरै कृषि, वन र माछापालन क्षेत्रमा ५७ दशमलव तीन प्रतिशत रहेका छन् । थोक एवं खुद्रा व्यापार, मोटरगाडी तथा मोटरसाइकल मर्मतमा १२ दशमलव पाँच प्रतिशत, निर्माणमा आठ दशमलव एक प्रतिशत, अन्य सेवामा तीन दशमलव नौ प्रतिशत, औद्योगिक उत्पादनमा तीन दशमलव आठ प्रतिशत जनसङ्ख्या संलग्न छन् ।

विद्यार्थी भएका कारण आर्थिक काम नगर्नेको संख्या पनि उत्तिकै छ । दश वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिमध्ये कुनै पनि आम्दानी हुने वा नहुने आर्थिक काम नगरेका व्यक्तिमध्ये सबैभन्दा धेरै ४६ दशमलव नौ प्रतिशत विद्यार्थी भएकाले आर्थिक काम नगरेको देखिन्छ । घरधन्दामा २१ दशमलव नौ प्रतिशत, वृद्धावस्थामा ११ प्रतिशत, पारिवारिक हेरचाह सात दशमलव पाँच प्रतिशत, अन्यमा सात दशमलव चार प्रतिशत, अशक्त बिरामी दुई दशमलव पाँच प्रतिशत, पेन्सन आयमा दुई दशमलव दुई प्रतिशत र सामाजिक कार्य र स्वयंसेवा शून्य दशमलव तीन प्रतिशत रहेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal