(Monday , 11 May,2026)

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

mountainejournal.com

mountainejournal.com

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको एक जहाजमा आगो लागेको छ । दमकलको प्रयोग गरेर आगो निभाइएको छ ।

यो घटना आज बिहान पौने सात बजेतिरको हो । स्तानबुलबाट आएको सो जहाज ल्याण्ड गर्ने क्रममा पाङ्ग्रामा आगो देखिएको थियो ।

लगत्तै दमकल प्रयोग गरी आगो निभाइएको विमानस्थल सुरक्षा   नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । उनका अनुसार यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको थियो । सो विमानमा चार बच्चासहित २७७ यात्रु थिए । विमानमा आगो लागेपछि उद्धारका क्रममा केही यात्रुलाई सामान्य चोट लागेको छ । विमानमा केही शव र सामानहरु पनि रहेको छ ।

इस्तानबुलबाट काठमाडौं आएको TK726 विमानमा आज बिहान पौने सात बजेतिर अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको थियो । उक्त विमान धावनमार्गमै रोकिएपछि अहिले अन्तर्राष्ट्रिय उडान अवतरण प्रभावित भएको छ । विमान धावनमार्गमै अड्किएकाले अन्तर्राष्ट्रिय उडानका ठूला जहाजहरुको नियमित तालिका प्रभावित भएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal