(Sunday , 31 May,2026)

कामपाको आगामी आवको बजेट सीमा २५ अर्ब ११ करोड

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोडको बजेट सीमा निर्धारण गरेको छ । आन्तरिक विवादका कारण कामपाले बजेट ल्याउने समयसीमाभन्दा ढिला बजेट ल्याउन लागेको हो । कामपाका प्रमुख बालेन्द्र साह ‘बालेन’को अध्यक्षतामा शुक्रबार बसेको राजस्व परामर्श समितिको बैठकले सो बजेट सीमा निर्धारण गरेको हो ।

शुक्रबार बसेको महानगरको ४०औँ कार्यपालिका बैठकले आगामी आइतबार १७ औँ नगरसभा अधिवेशन बस्ने निर्णय गरेको छ । सोही दिन बिहान कार्यपालिका बैठक बस्ने महानगर प्रमुख साहले बताए । महानगरले चालु आर्थिक वर्षका लागि गतवर्ष २४ अर्ब ९० करोड बजेट ल्याएको थियो ।

आगामी आवका लागि चालु आवको तुलनामा २१ करोड वृद्धि गर्ने गरी सीमा निर्धारण गरेको हो । राजस्व परामर्श समितिको बैठकमा प्रमुख साहले जनचाहनाअनुरूप विकास गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए । चालु आवको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने निर्णयसमेत समितिले गरेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal