(Thursday , 07 May,2026)

अञ्जनको अध्यक्षतामा बन्याे महासंघको नेतृत्व

mountainejournal.com

mountainejournal.com

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठले जिम्मेवारी सम्हालेका छन् । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ महासंघको विधानअनुसार स्वतः अध्यक्ष बनेका हुन् । अध्यक्षको कार्यकाल तीन वर्षको हुन्छ । महासंघ ६० औं वार्षिकोत्सव पछि भएको निर्वाचनबाट महासंघका अन्य पदाधिकारीहरु पनि निर्वाचित भएर आएका छन् । महासंघको एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन् । यस्तै वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ, जिल्लारनगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन् l

वस्तुगततर्फ विजयी हुनेहरु
महासंघको निर्वाचनमा वस्तुगत सदस्यमा अरनिको राजभण्डारी, सदस्यमा नानिराज घिमिरे, पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे विजयी भएका छन् । त्यस्तै सुरज बन्जाडे, विप्लप अधिकारी, रघुनन्दन मारु र निराज चलाउनेको समान ५०–५० मत आएको छ । उनीहरूबीच कार्यकालका लागि गोलाप्रथा गर्ने तयारी छ ।

एसोसिएटतर्फका सदस्यहरु
एसोसिएटतर्फ कार्यसमिति सदस्यहरुमा सचिन ढकाल, हेमन्त गोल्छा, अम्बिकाप्रसाद पौडेल, उज्ज्वलकुमार श्रेष्ठ, शक्तिकुमार बेगानी, ऋषि अग्रवाल, राजेशकुमार अग्रवाल, सुयस प्याकुरेल, सुशील थापा, रामशरण भण्डारी, बाबुकाजी कार्की, दिवश न्यौपाने, प्रियराज रेग्मी, र ईश्वरबहादुर जिसी, सुरज उप्रेती, कृष्णलाल महर्जन र बटु लामिछाने सदस्यमा निर्वाचित बनेका छन्

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal