(Sunday , 31 May,2026)

सुनको भाउ एकैदिन २० हजार ५ सय रुपैयाँले बढ्यो

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । बिहीबार मात्र सुनको भाउ तोला(११.६६३ ग्राम)मै २० हजार ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ ३ लाख ३९ हजार ३ सय तोकिएको छ । 

बुधबार भने घरेलु बजारमा सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बिहीबार चाँदीको भाउ पनि २ सय ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार बिहीबार चाँदीको भाउ ७ हजार ५ सय ५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५६० र त्यति नै परिमाणको सेतो धातु १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal